कञ्चनपुर । २०८१ सालको राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८१ चैत्र पहिलो साता सञ्चालन गरेको एसईई परीक्षामा कञ्चनपुर वेदकोट नगरपालिकाको समेत नतिजा उत्साहजनक आएको छैन्।
सरकारी तथा निजी विद्यालयले उत्साहजनक नतिजा ल्याउन नसकेकोे नगरपालिकाले जनाएको छ । वेदकोट नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १२ सामुदायिक विद्यालयका ७ सय २१ विद्यार्थी मध्ये २ सय १७ मात्रै उर्तिण भएका छन् ।
५ सय ४ विद्यार्थी अनुतिर्ण भएका छन् । भुवनेश्वरी मावि सिसैयाका १ सय १७ विद्यार्थी मध्ये ५३ विद्यार्थी उर्तिण भएका छन् । भुवनेश्वरीका छात्र भुवनेश्वर पन्तले ३.६ देखि ४ जिपिएर ल्याएका छन् । भुवनेश्वरी मावि सिसैयाका अध्यक्ष प्रविन बोगटीले अघिल्लो शैक्षिक सत्र भन्दा गतमा राम्रो नतिजा आएको र आगामी दिनमा पनि मेहनत गर्ने बताए ।
दोस्रोमा बैजनाथ मावि जडेपानीका १ सय १८ मध्ये ४३ विद्यार्थी र तेस्रोमा उदयदेव मावि सुन्दरपुरका ८१ विद्यार्थी मध्ये ३१ विद्यार्थी उत्तिर्ण भएका छन् ।
अघिल्लो शैक्षिक सत्र ०८० मा एक विद्यार्थी पनि उर्तिण गराउन नसकेको रत्न माविका ०८१ मा १ विद्यार्थी र बालज्योती बैतडाका ५ विद्यार्थी उत्तिर्ण भएका छन् । सिद्धनाथ मावि मुसेपानीका १४ मा १ विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।
सिद्ध बैजनाथ मावि बगुनका ३७ मा ७, शारदा मावि दैजीका ५२ मा १०, जनता मावि गाउजीका ४० मा २०, सरस्वती मावि धरपुरका ७२ मा ३, घटाल मावि सुडाका ३९ मा १९, बैजनाथ मावि गैलनदीका ५४ मा २४ विद्यार्थी उत्तिर्ण भएका छन् । निजी तर्फ हरिचन्द्र प्रभाका सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उक्त विद्यालयका ९ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए भने ९ वटै विद्यार्थी परिक्षामा उत्तिर्ण भएका हुन् ।










Discussion about this post