कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९, त्रिवेणी टोल निवासी कलावती जोशीको एकतले कच्ची घर डुबानमा परेको छ। जोशीको एकतले कच्ची घरमा पानी पसेर डुबान हुँदा उनको परिवार प्रभावित भएको छ।
डुबानमा परेको जोशीको घरबाट ५ जनाको परिवारका साथै ५ वटा बाख्रा, २ वटा गाई र १ वटा भैँसीलाई समेत सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई नजिकै रहेको सिद्धनाथ आधारभूत विद्यालयमा अस्थायी रूपमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उक्त स्थानमा आवश्यकता अनुसारको सहयोग र सुरक्षाका लागि अस्थायी प्रहरी चौकी बागफाँटाबाट प्रहरी टोली खटिएको छ। वर्षा अझै जारी रहेकाले थप सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।










Discussion about this post