कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका साधारण सदस्य अनिता लावडले नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन् । महासङ्घ कञ्चनपुरको कल्याण कोषको स्थापनार्थ आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मी लावडले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेकी हुन ।
पवित्र भावनाका साथ महासङ्घले पत्रकारहरूको हितमा खर्च गर्ने गरी स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ सकेको सहयोग गरेको उनले बताइन । पत्रकारहरूले आफ्नो र परिवारको जीवन खासै प्रवाह नगरी हरेक समयमा जोखिममा परेर समाजका हरेक विषय उठान गर्दै आइरहेको समयमा थोरै भए पनि हामी सबै पत्रकारहरूलाई समस्या परेको बेला सहयोग होस भन्ने उद्देश्यले सहयोग गरेको उन बताइन । आगामी दिनहरूमा अझै सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पत्रकार महासङ्घले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ रेडियो कञ्चनपुरमा कार्यरत, पत्रकार अनिता लावडले सक्दो सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरे । आगामी दिनहरूमा पनि पत्रकार लावडले पत्रकार महासङ्घलाई सहयोग रहने विश्वास व्यक्त गरे ।
अध्यक्ष धामीले अन्य व्यक्तिहरूले समेत पत्रकार कल्याण कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोले सबै सहयोग हुने आशा व्यक्त गरेका छन् । कञ्चनपुरमा सञ्चारकर्मी पत्रकारहरूलाई घटना, दुर्घटना, गम्भीर रोग को उपचार गर्नु पर्ने समयमा थोरै भए पनि पत्रकार कल्याण कोषको ब्याज रकम बाट आर्थिक सहयोग गर्ने मनसायले पत्रकार कल्याण कोष कञ्चनपुरको स्थापना हुन लागेको उनको भनाइ छ ।
पत्रकारहरू कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुँदा आर्थिक समस्याको मारमा पर्ने गरेको र आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भए पनि पत्रकार कल्याण कोषको स्थापना गरी आर्थिक सहयोग गर्ने मनसायले महासङ्घ शाखा कञ्चनपुरले कल्याण कोषको स्थापना गर्न लागेको महासङ्घ शाखा अध्यक्ष धामीले बताएका छन् ।
पत्रकार कल्याण कोष एक पवित्र र पुण्य कार्य भएकोले महासन्धिका शाखा सदस्यहरू लगायत अन्य क्षेत्रका सबै व्यक्तिहरूलाई सकेको आर्थिक सहयोग गर्न समेत धामीले आह्वान गरेका छन् ।
एक एक थोपा बाट समुद्र बन्ने भएकोले सबैलाई आर्थिक सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । सबै क्षेत्रका व्यक्तिले पत्रकार कल्याण कोषको स्थापनाको लागि सहयोग गर्ने समेत उनले आशा त्यक्त गरेका छन् ।










Discussion about this post