Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरका विद्यार्थीको प्रतिभा पहिचान गर्न पाँच विद्यामा प्रतिस्पर्धा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १६, २०८२
सुदूरका विद्यार्थीको प्रतिभा पहिचान गर्न पाँच विद्यामा प्रतिस्पर्धा
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विद्यार्थीको प्रतिभा पहिचान गर्नका लागि सुदूरपश्चिम प्रदेशका विद्यार्थीबिच प्रतिस्पर्धा गराइएको छ । सुदूरका विभिन्न जिल्लाहरूका विद्यार्थीबिच पाँच विद्यामा प्रतिस्पर्धा गराइएको हो । शिक्षा विकास निर्देशनालय, राजपुर डोटीको आयोजना एव शान्ति निकेतन मावि महेन्द्रनगरको व्यवस्थापकीयमा विज्ञान, गणित, भाषा, संस्कृत साहित्य, सङ्गीत तथा नृत्य र विशेषता प्रस्तुत गरिएको छ ।

शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले प्रदेशभरिका विद्यार्थीबिच नियमित कक्षा कोठामा हुने पढाइका अतिरिक्त प्रदेशको कला, साहित्य, संस्कृति पहिचान बारे प्रतिस्पर्धा गराएको बताए । ‘विद्यार्थीलाई कक्षा कोठामा सीमित नभई उनीहरूको शारीरिक, मनोविज्ञान सबै क्षेत्रको पहिचान गराउन प्रतिस्पर्धा नै गराएका छौँ, ‘उनले भने, ‘लुकेका प्रतिभा बाहिर ल्याउने किताबी ज्ञान मात्रै नभई समसामयिक विषयमा समेत विद्यार्थीको क्षमता विकास गर्नुपर्छ ।’

महानिर्देशक विष्टले प्रदेशभरि रहेका सबै विद्यालयलाई सृजनात्मक कार्यक्रम सञ्चालन गर्न समेत आव्हान गरेका छन् । शिक्षा विकास समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले अब विद्यार्थीलाई कक्षा कोठामा मात्रै सीमित राख्न नहुने तर्क गर्दै अतिरिक्त ज्ञान सीपका कार्यक्रममा सहभागी गराउनुपर्नेमा जोड दिए । चित्रकला तर्फ बैतडीका छात्र विवेक चन्द सान्त्वना, कञ्चनपुर जिवनरेखा विद्या मन्दिरका छात्र आयुस भट्ट तृतीय, बिपना सार्की द्वितीय र महेन्द्र मावि दार्चुलाका छात्र धिरज धामी प्रथम भएका छन् ।

साहित्य कला तर्फ अनुसा उपाध्याय सान्त्वना, अछामका भीम साउद तृतीय, कञ्चनपुर महेन्द्रनगर ईन्टरनेशल स्कुलकी छात्रा अंशु कुँवर द्वितीय र दार्चुला सम्पाल माविकी छात्रा दिपा भट्ट प्रथम भएकी छिन । गणित तर्फ कैलालीका जगन्ना जोशी सान्त्वना, बझाङ्गकी छात्रा अर्चना शाही तृतीय, कञ्चनपुर बागफाँटा लक्ष्मी माविका छात्र पंकज जोशी द्वितीय र अछामकी छात्रा लक्ष्मी शाही प्रथम भएकी छिन् ।

विज्ञान तर्फ अछामका छात्र चन्द्र साउद सान्त्वना, दार्चुलाका किशन ओड तृतीय, बझाङ्गका विश्वास विष्ट द्वितीय र दार्चुलाका सन्दीप धामी प्रथम भएका छन् । नृत्यकला तर्फ दार्चुलाका विद्यार्थी सान्त्वना, बझाङ्ककी छात्र तृतीय, कैलालीका छात्र द्वितीय र बैतडीका छात्रछात्राको टिम प्रथम भएको थियो । नृत्यमा भएको प्रथम भएको बैतडीको टिमले छलिया नृत्य प्रस्तुत गरेका थिए । क्रमशः सान्त्वना ५, तृतीय १०, द्वितीय १२ र प्रथम १५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम सञ्चालन गरेका लक्ष्मी माविका प्रद्यानाध्यापक समेत रहेका परमानन्द नाथले यसरी सबै विद्यामा एकै हलभित्र प्रतिस्पर्धाले विद्यार्थीमा आत्मबल बनाउने भएकाले सिकाइमा अभिवृद्धि हुने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समितिका तर्फबाट शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्टले कार्यक्रमबाट कक्षा कोठामा सीमित रहेको विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसर मिलेको बताए । शिक्षा विकास निर्देशनालयका उपसचिव मदनराज जोशीले स्वागत मन्तव्य राख्दै कार्यक्रमबाट विद्यार्थी हरेक विषयमा खारिने बताए ।

कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी पाएको शान्ति निकेतन माविका प्रधानाध्यापक पुष्पराज ओझाले विद्यालयलाई निर्देशनालयबाट पाएको जिम्मेवारी पुरा गरेको र आगामी दिनमा पनि शैक्षिक सुधारका लागि विद्यालय हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शैक्षिक सुधारका साथै सुदूरपश्चिम प्रदेशको टिपिकल कला, साहित्य, संस्कृति पुस्तान्तरणका लागि समेत कार्यक्रम प्रभावकारी रहेको बताए ।

जिसस प्रमुख बोहराले विद्यार्थीमा लुकेका प्रतिभा बाहिर ल्याउनेदेखि थप नैतिकवान् बनाउन कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा सहभागी विद्यालय, विद्यार्थीले आगामी दिनमा यस्ता कार्यक्रम थपका साथै प्रभावकारी सहभागितादेखिका सृजनात्मकतामा जोडदिएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व