काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा अङ्क थपेर नबढाएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अङ्क थपेको नभई शिक्षामा सुधार गरेको र विद्यार्थीहरुले लेखेर अङ्क ल्याएका बताउनुभयो ।
हिजो प्रकाशित नतिजाबारे नकरात्मक टिप्पणी भइरहेकोमा आपत्ती जनाउँदै उहाँले त्यस्ता टिप्पणी गरेर बालबालिकाको अपमान नगर्न आग्रह गर्नुभयो । हिजो प्रकाशित भएको एसईईको नतिजामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
अघिल्लो वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए । अनलाइन कक्षा सञ्चालन गरेकाले पनि नतिजामा सुधार आएको उहाँको दाबी छ । प्रधानमन्त्री ओलीले यस वर्ष उत्तिणदर ६१ प्रतिशत पुगेको र आउँदो वर्ष ७० प्रतिशत पुर्याउन पहल गर्ने बताउनुभयो ।










Discussion about this post