Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसहारा बालबालिकालाई सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार १४, शनिबार ०८:१२
पूर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसहारा बालबालिकालाई सहयोग
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका एक पूर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका अवसरमा विविध सामाजिक काम गरेका छन् । 
अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्व विद्यार्थी नेता किशोर भट्टले आफ्नो जन्मदिनको अवसरमा यस बर्षपनि सामाजिक काम गरेका हुन । १३ असारमा विद्यार्थी नेता भट्टको जन्मदिन थियो । 

उक्त अवसरमा उनले तत्तकालिन सिद्धनाथ विज्ञान क्याम्पसका पुर्वी विद्यार्थी एव क्यान्सरपीडित युवा जमन सिंह कार्कीदेखि काठमाण्डौँका अनाथ बालबालिका, असहाय महिलाहरूलाई खाद्यान्न सहयोग गरेका छन् । 

नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका भट्टले क्यान्सर रोगबाट ग्रसित भई अहिले शिक्षण अस्पतालमा उपचारार्थ सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पूर्व विद्यार्थी युवा कार्कीको उपचारका लागि आर्थिक सहयोग गरेका हुन । 

उपचारका लागि आर्थिक अभावमा खेपिरहेका कार्कीको उपचारका लागि भट्टले ५ हजार १ सय रुपैयाँ नगद आर्थिक सहयोग गरेका छन् । 
सिद्धनाथ विज्ञान क्याम्पसका पूर्व विद्यार्थी कार्की केही महिनादेखि क्यान्सर रोगसँग लगिरहेका छन् । भएको पैसा सकिएपछि कार्कीले उपचारका लागि दाताहरूसँग सहयोग मागिरहेका छन् । विज्ञान क्याम्पसका पूर्व विद्यार्थीको आर्थिक अभावमा उपचारमा समस्या समाचार देखेपछि पूर्व विद्यार्थी नेता भट्टले विगतमा विद्यार्थीको हकहितका लागि सङ्घर्ष गरेको स्मरण गर्दै सहयोग गरेको जनाएका छन् ।

अधिवक्ता समेत रहेका भट्टले गोकर्णेश्वर ८ काठमाण्डौँको नेपाल महिला तथा बालसेवा समाजमा आश्रित रहेका अनाथ बालबालिका, हिंसामा परेका बेसहारा महिला नागरिकको भोजनका लागि झन्डै सात हजार बराबरको दाल, तेल अण्डा खाद्यान्न सहयोग गरेका छन् । आफ्नो जीवन रक्षार्थ विद्यार्थी नेता भट्टले उपचार खर्च दिएको भन्दै विज्ञानका पूर्व विद्यार्थी कार्कीदेखि अनाथ, असहाय नागरिक हर्षित हुँदै भट्टप्रति आभार प्रकट गरेका छन् । 

भीमदत्त नगरपालिका २ उल्टाखाम महेन्द्रनगरका स्थानीय समेत रहेका पूर्व विद्यार्थी नेता  माओवादी युवा नेता एव अधिवक्ता किशोर भट्टले आफ्नो खुसियालीमा सामाजिक काम  गरेको बताएका छन् । भट्टले जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा केही संकटमा परेका नागरिकलाई सहयोग गर्नुपर्ने बताए । भट्टले आफ्नो जन्मदिनका अवसरमा विगतदेखि कोरोना महामारी काल हुँदै हालसम्म निरन्तर जेहेन्दार विद्यार्थी, बिरामी, असहाय, अशक्तहरुलाई नगद, स्टेशनरी, खाद्यान्न सहितका अति आवश्यकीय समाग्री सहयोग गर्दै आएका छन् ।

उनले आगामी दिनमा समेत सामाजिक काम गर्दै जाने प्रतिज्ञा गरेका छन् । पूर्व विद्यार्थी नेता भट्टले आफ्नो खुसियालीमा गरेको सामाजिक कार्य उदाहरणीय, प्रेरणाको स्रोत भएको सामाजिक क्षेत्रका व्यक्तित्वहरुको भनाई छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल
देश/राष्ट्रिय

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार १४, शनिबार ०८:१२
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’
देश/राष्ट्रिय

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार १४, शनिबार ०८:१२
‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’
देश/राष्ट्रिय

‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’

२०८२ असार १४, शनिबार ०८:१२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ असार १४, शनिबार ०८:१२
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार १४, शनिबार ०८:१२
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ असार १४, शनिबार ०८:१२
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ असार १४, शनिबार ०८:१२
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार १४, शनिबार ०८:१२
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ असार १४, शनिबार ०८:१२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व