कञ्चनपुर । कञ्चनपुरका एक पूर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका अवसरमा विविध सामाजिक काम गरेका छन् ।
अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्व विद्यार्थी नेता किशोर भट्टले आफ्नो जन्मदिनको अवसरमा यस बर्षपनि सामाजिक काम गरेका हुन । १३ असारमा विद्यार्थी नेता भट्टको जन्मदिन थियो ।
उक्त अवसरमा उनले तत्तकालिन सिद्धनाथ विज्ञान क्याम्पसका पुर्वी विद्यार्थी एव क्यान्सरपीडित युवा जमन सिंह कार्कीदेखि काठमाण्डौँका अनाथ बालबालिका, असहाय महिलाहरूलाई खाद्यान्न सहयोग गरेका छन् ।
नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका भट्टले क्यान्सर रोगबाट ग्रसित भई अहिले शिक्षण अस्पतालमा उपचारार्थ सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पूर्व विद्यार्थी युवा कार्कीको उपचारका लागि आर्थिक सहयोग गरेका हुन ।
उपचारका लागि आर्थिक अभावमा खेपिरहेका कार्कीको उपचारका लागि भट्टले ५ हजार १ सय रुपैयाँ नगद आर्थिक सहयोग गरेका छन् ।
सिद्धनाथ विज्ञान क्याम्पसका पूर्व विद्यार्थी कार्की केही महिनादेखि क्यान्सर रोगसँग लगिरहेका छन् । भएको पैसा सकिएपछि कार्कीले उपचारका लागि दाताहरूसँग सहयोग मागिरहेका छन् । विज्ञान क्याम्पसका पूर्व विद्यार्थीको आर्थिक अभावमा उपचारमा समस्या समाचार देखेपछि पूर्व विद्यार्थी नेता भट्टले विगतमा विद्यार्थीको हकहितका लागि सङ्घर्ष गरेको स्मरण गर्दै सहयोग गरेको जनाएका छन् ।
अधिवक्ता समेत रहेका भट्टले गोकर्णेश्वर ८ काठमाण्डौँको नेपाल महिला तथा बालसेवा समाजमा आश्रित रहेका अनाथ बालबालिका, हिंसामा परेका बेसहारा महिला नागरिकको भोजनका लागि झन्डै सात हजार बराबरको दाल, तेल अण्डा खाद्यान्न सहयोग गरेका छन् । आफ्नो जीवन रक्षार्थ विद्यार्थी नेता भट्टले उपचार खर्च दिएको भन्दै विज्ञानका पूर्व विद्यार्थी कार्कीदेखि अनाथ, असहाय नागरिक हर्षित हुँदै भट्टप्रति आभार प्रकट गरेका छन् ।
भीमदत्त नगरपालिका २ उल्टाखाम महेन्द्रनगरका स्थानीय समेत रहेका पूर्व विद्यार्थी नेता माओवादी युवा नेता एव अधिवक्ता किशोर भट्टले आफ्नो खुसियालीमा सामाजिक काम गरेको बताएका छन् । भट्टले जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा केही संकटमा परेका नागरिकलाई सहयोग गर्नुपर्ने बताए । भट्टले आफ्नो जन्मदिनका अवसरमा विगतदेखि कोरोना महामारी काल हुँदै हालसम्म निरन्तर जेहेन्दार विद्यार्थी, बिरामी, असहाय, अशक्तहरुलाई नगद, स्टेशनरी, खाद्यान्न सहितका अति आवश्यकीय समाग्री सहयोग गर्दै आएका छन् ।
उनले आगामी दिनमा समेत सामाजिक काम गर्दै जाने प्रतिज्ञा गरेका छन् । पूर्व विद्यार्थी नेता भट्टले आफ्नो खुसियालीमा गरेको सामाजिक कार्य उदाहरणीय, प्रेरणाको स्रोत भएको सामाजिक क्षेत्रका व्यक्तित्वहरुको भनाई छ ।










Discussion about this post