Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री ओली शनिवार स्पेन भ्रमणमा जाँदै, द्विपक्षीय सहमतिहरूमा हस्ताक्षर हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १२, २०८२
प्रधानमन्त्री ओली शनिवार स्पेन भ्रमणमा जाँदै, द्विपक्षीय सहमतिहरूमा हस्ताक्षर हुने
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म हुने “विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन”मा भाग लिने कार्यक्रम तय भएको छ।

भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले दिएका छन्। राजदूत नेपालका अनुसार, स्पेनस्थित नेपाली समुदाय प्रधानमन्त्रीको स्वागतका लागि उत्साहित छ। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ, जसमा नेपाल–स्पेन सम्बन्ध विस्तारका विषयमा सहमतिपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीले स्पेन भ्रमणको क्रममा त्यहाँस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्नुका साथै स्पेनिस उद्योगी र व्यवसायीसँग पनि बैठक गर्ने छन्। सम्मेलनको अवसरमा अन्य राष्ट्र प्रमुखहरूसँग समेत प्रधानमन्त्रीको द्विपक्षीय भेटघाट हुने नेपाली दूतावासले जनाएको छ।

स्पेन एक संसदीय प्रजातन्त्रात्मक तथा संवैधानिक राजतन्त्र भएको मुलुक हो। यसको क्षेत्रफल करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर छ भने जनसङ्ख्या झण्डै चार करोड ७४ लाख रहेको छ। स्पेन सन् १९८६ देखि युरोपेली संघको सदस्य हो भने सन् १९९५ देखि सेन्जेन क्षेत्रको सदस्यता लिएको छ। स्पेनिस भाषा विश्वको चौथो धेरै बोलिने भाषा हो।

नेपाल र स्पेनबीच सन् १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। यद्यपि, स्पेनमा नेपालले सन् २०१८ मा मात्र आवासीय दूतावास स्थापना गरेको हो। नेपालमा भने दिल्लीस्थित स्पेनको दूतावासले प्रतिनिधित्व गर्दै आएको छ। हाल स्पेनमा करिब २० हजार नेपालीहरू कृषि, होटल, पर्यटन, निर्माण लगायतका क्षेत्रमा संलग्न छन्।

नेपाल–स्पेन सम्बन्धमा विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन्। सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्रले स्पेन भ्रमण गरेका थिए भने सन् १९८७ मा स्पेनका राजा कार्लोस नेपाल आएका थिए। पछिल्ला वर्षहरूमा प्रधानमन्त्री प्रचण्ड, सञ्चारमन्त्री गोकुल बास्कोटा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन भ्रमण गरेका छन्।

पर्यटन क्षेत्र स्पेनको प्रमुख आयस्रोतमध्ये एक हो। वार्षिक करिब सवा करोड विदेशी पर्यटकले स्पेन भ्रमण गर्ने गरेका छन्। सन् २०१८ मा मात्र १९ हजारभन्दा बढी स्पेनिस पर्यटक नेपाल आएका थिए। कोभिड महामारीपछि उक्त संख्यामा केही कमी आएको भए पनि नेपालका धार्मिक, प्राकृतिक र सांस्कृतिक स्थलहरूले स्पेनिस पर्यटकलाई आकर्षित गर्ने सम्भावना अझै प्रबल रहेको पर्यटन क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्।

प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपाल र स्पेनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने, लगानी तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र युरोपेली मुलुकहरूमा नेपालको पहिचान अझ प्रष्ट पार्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भाइटीका आज मनाइँदै, टीकाको उत्तम साइत ११:०७ बजे

भाइटीका आज मनाइँदै, टीकाको उत्तम साइत ११:०७ बजे

कार्तिक २५, २०८३
कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व