काठमाण्डौ – प्रतिनिधि सभाका सांसद् एवम् नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदप्रति मन्त्रीहरु जिम्मेवार नभएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले एकै पटक १० वटा मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसदप्रतिको गैरजिम्मवारी भएको जिकिर गर्नुभयो ।
उहाँले संसद् चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्त्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गर्नुभयो । संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने र मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही बनाउने बताउनुभयो ।
सचिव भट्टराईले संसदमा उपस्थित भएर गम्भीरताकासाथ नलिने हो भने आफूले प्रस्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग नलिए त्यसप्रति जिम्मेवार नभइने बताउनुभयो । उहाँले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरुलाई सुझाव दिनुभयो ।










Discussion about this post