Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चौधर नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तन र प्रकोपसम्बन्धी अध्ययन सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ६, २०८२
चौधर नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तन र प्रकोपसम्बन्धी अध्ययन सुरु
0
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – चौधर नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तन र प्रकोपसम्बन्धी अनुसन्धान प्रारम्भ भएको छ। यो अध्ययन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा सुदूरपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत वातावरण विज्ञान विषयका शिक्षण सहायक तथा अनुसन्धानकर्ता महेश प्रसाद अवस्थीले यो अध्यन थालेका छन।

शुक्रबार वेदकोट नगरपालिकामा आयोजित छलफल कार्यक्रममा अनुसन्धानकर्ता अवस्थीले अध्ययनका उद्देश्यहरू र प्रमुख पक्षहरूबारे विस्तृत जानकारी प्रस्तुत गरेका छन्।

उनका अनुसार, अध्ययनले चौधर नदी जलाधार क्षेत्रमा बसोबास गर्ने समुदायका जलवायु परिवर्तनसम्बन्धी अनुभव, प्रमुख प्रकोपहरूको पहिचान, तिनले निम्त्याएका असरहरू, स्थानीय तहमा अपनाइएका उपायहरू तथा दीर्घकालीन अनुकूलन रणनीतिहरूलाई उजागर गर्ने लक्ष्य राखेको छ।

छलफल कार्यक्रममा वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्ट, नगर प्रवक्ता एवं वेदकोट–५ का वडा अध्यक्ष चित्र देव भट्ट, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनार, वेदकोट नगरपालिकाका विपद सम्पर्क व्यक्ति सुनिल चन्द, एनएनएसडब्लुएका पूर्वसूचना तथा पूर्व प्रतिकार्य (EWEA) अधिकृत भोजराज भट्ट लगायत विभिन्न वडाका वडा सदस्य तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

छलफलमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले यस अध्ययनले स्थानीय समुदायलाई जलवायु परिवर्तनका असरहरूसँग जुझ्न थप सशक्त बनाउने र यसका लागि आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनले एनएनएसडब्ल्यूएले स्थानीय स्तरमा जलवायु उत्थानशीलता बढाउन निरन्तर काम गरिरहेको बताए।

त्यस्तै, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले चौधर नदी जलाधार क्षेत्रको यो अध्ययन नगरपालिकाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले यस अध्ययनबाट प्राप्त निष्कर्षहरूलाई नगरपालिकाको विपद व्यवस्थापन र जलवायु अनुकूलन योजनाहरूमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय समुदायको सहभागितामा मात्र दिगो समाधान सम्भव हुने कुरामा जोड दिए।

यस अध्ययनले चौधर नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न, प्रकृतिमा आधारित समाधान (Nature-Based Solutions) को पहिचान र कार्यान्वयन गर्न तथा स्थानीय समुदायलाई थप सुरक्षित, सक्षम र दिगो बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व