Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भाँसी–टकुलिया सडक कालोपत्रे प्रकरण : रोपाई गर्न खेतमा हुनुपर्ने किसान खबरदारी गर्न सडकमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ६, २०८२
भाँसी–टकुलिया सडक कालोपत्रे प्रकरण : रोपाई गर्न खेतमा हुनुपर्ने किसान खबरदारी गर्न सडकमा
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरकोे भाँसी टकुलिया नाला सडक निर्माण कार्य गुणस्तहिन भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन् । संघीय सरकारले वेदकोट नगरपालिका ८ भाँसी नालादेखि टकुलिया खोलासम्म निर्माण गर्न लागेको कालोपत्रे सडक गुणस्तहिन भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् ।

संघीय शहरी तथा भवन निर्माण कार्यालय मार्फत ढल सहित कालोपत्रे सडक गुणस्तरिय नभएको भन्दै बिहीबारदेखि स्थानीयले निर्माण व्यवसायीको कामकाज ठप्प पारेर सडकमा उत्रिएका छन् । उनीहरुले निर्माण कार्यको शुरुवातमै सडक कमजोर बनाउन खोजिएको आरोप लगाएका छन् ।

स्थानीय यज्ञराज जोशीले राज्यले लाखौैँ लगानी गरेको सडक निर्माण कार्य ठेकेदार र सम्बन्धीत निकायबाटै निर्माण कार्यमा गम्भिर नभएको दुखेसो पोखे । जोशीले सडक निर्माणकै शुरुवातदेखि आफुहरुले गुणस्तरिय सडक निर्माण गर्न ठेकेदार र कार्यालयको ध्यानाकर्षण गराएपनि सडक गुणस्तरिय बनाउने कार्यमा दुवै निकाय गम्भिर नभएपछि सडकमै आएर आन्दोलित भएको बताए । ‘सडकमा प्राईप हालेपनि भित्रतर्फ माटो हालेको भेटियो, ‘उनले भने, ‘पाईप पनि खुसिरहेको छ ।’ उनले नाला र सडकको लेबल समान भएको बताउँदै भत्किएको कल्र्भट मर्मत नगरेरै निर्माण गरिएको बताए ।

अर्का स्थानीय एव निर्माण सहजिकरण समिति संयोजक हिम्मत टमाटाले शुरुवाती चरणदेखि निर्माण कार्यमा बदमासी भएको बताए । उनले गुणस्तहिन भएको भनेर पटक पटक निर्माण व्यवसायीलाई अवगत गराउँदा पनि वास्ता नराखेको बताए । ‘हामीमाथि अन्याय हुँदा बाध्य भएर आजदेखि काम रोकेका छौँ, ‘उनले भने, ‘सम्बन्धीत निकायबाट गुणस्तरियताकोे विषयमा विश्वास नदिलाएसम्म काम निरन्तर रोक्छौँ ।’

उनले स्लेब भत्किएको त्यसलाई भत्काएर पुर्ननिर्माण गर्नुपर्ने भएपनि त्यसैमाथि मर्मत गरेको भन्दै खतरा हुने चिन्ता व्यक्त गरेका छन । स्थानीयले असारे बजेट दोहन हुन नदिनेदेखि गुणस्तरिय सडक बनाउनुपर्ने माग अघि सार्दै आएका छन् ।

गृहमन्त्री रमेश लेखककै वडामा सडक निर्माण कार्यमा बेतिथि हुँदा सम्बन्धीत निकायबाट चासो नदिएपछि आफुहरु बाध्य भएर आवाज उठाउनु परेको दुखेसो पोख्दै गुणस्तरिय सडक निर्माण नभए अख्तियार जाने चेतावनी दिएका छन् ।

उक्त सडक निर्माणको जिम्मा पाएको धुव्र कन्स्क्ट्रक्सन प्रालिका संचालक शंकर जोशीले कार्यालयबाट प्राप्त सम्झौता र मापदण्ड अनुरुप सडक र ढलको काम भईरहेको बताए । उनका अनुसार ८५लाखमा भ्याट बाहेक गत फागुनदेखि काम शुरुवात गरेको र प्राईमर हालेकै राती बर्षातले प्राईमर खुलेको बताए । ‘हामीले स्टमेट अनुरुप नै काम गरेका छौँ, ‘उनले भने, ‘गुणस्तर पनि छ, जमिन तलमाथि हुँदा सडक र ढलकोे लेबल मिलेका छैन, अनि कल्र्भट पनि हाम्रै गाडीले निर्माणका क्रममा ठोक्कीएर केही भत्किएको होे, त्यो मर्मत भईसक्यो ।’ कतै निर्माणका क्रममा देखिएका त्रृटी सच्याएर स्थानीयको सुझाव अनुरुप अघि बढ्ने जोशीको भनाई छ । सडकको काम अझै गर्न बाँकी रहेको बताउँदै निर्माण कार्य गुणस्तरिय अनुरुप भईरहेको दावि गरेका छन् ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका सवईन्जिनियर प्रविन पालले यस अघि सडकको ल्याब टेण्ट गरेको र रिर्पोट आउँन बाँकी रहेको बताए । उनले अहिले निर्माण कार्य नै भईरहेको अवस्थामा अहिले नै गुणस्तहिन भएको भन्न नसकिने र मापदण्ड अनुरुप काम भए नभएको थप प्राविधिक जाँचबाटै थाहा हुने बताए । कार्यालयले मापदण्ड अनुरुप सडक निर्माण गर्न सम्बन्धीत निर्माण व्यवसायीले निर्देशन दिने बताए ।

यस विषयमा ४ बैशाख ०८२ मा समेत कार्यालयमा सडक जाँचबुझ गरेर गुणस्तरिय काम गराउन माग अघि सारेर निवेदन पनि परेको थियो । वेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले सडक निर्माणका क्रममा स्थानीयबाट गुणस्तरका विषय जनगुनासा आएकाले सम्बन्धीत निकायबाट गुणस्तर सहित गुनासा समाधान गर्नुपर्ने बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व