काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूलाई पुरानै जिम्मेवारी दिनुभएको छ ।
केही समयअघि मेयर शाहले ४ जना वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँ वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारी दिनुभएको थियो ।
तर नयाँ जिम्मेवारी पाएका वडाध्यक्षहरूले जिम्मेवारी अस्वीकार गरेका थिए भने गैरकानूनी रूपमा मेयरले आफूहरूलाई जिम्मेवारीबाट हटाएको भन्दै वडाध्यक्षहरू आशाराम सङ्गत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए ।










Discussion about this post