Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निजामती विधेयक संसद्मै अड्किँदा सभापति खतिवडाको असन्तुष्टि, छिटो अघि बढाउन सरकारसँग माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ५, २०८२
निजामती विधेयक संसद्मै अड्किँदा सभापति खतिवडाको असन्तुष्टि, छिटो अघि बढाउन सरकारसँग माग
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लामो समयदेखि संसद्मै रोकिएको निजामती सेवा विधेयकप्रति प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले असन्तुष्टि जनाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन पेस गर्न रोष्ट्रम पुगेका खतिवडाले निजामती विधेयकको विषयमा पनि ध्यानाकर्षण गराएका हुन्।

“सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ। कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ। छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु, ” खतिवडाले भने।

१ असारमा समितिबाट पेस भएको निजामती सेवा विधेयकको प्रतिवेदनलाई गत मंगलबारको कार्यसूचीमा राखिएको भए पनि संसद्ले सो कार्यसूचीमा प्रवेश नै नगरेपछि विधेयक पुनः रोकिएको हो। निजामती सेवा विधेयकमा रहेको “कुलिङ पिरियड” सम्बन्धी प्रावधान—अर्थात् अवकाश वा राजीनामा दिएपछि सरकारी कर्मचारीले २ वर्षसम्म संवैधानिक वा अन्य सार्वजनिक नियुक्ति नपाउने व्यवस्था—माथि उच्च पदस्थ कर्मचारी र पूर्व कर्मचारीतर्फबाट असन्तुष्टि जनाइएको छ।

यस प्रावधानमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो देखाइसकेका छन् भने प्रतिपक्षी दलका सांसदहरूले विधेयक अड्काउने संकेतप्रति सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरू समेत यस विषयमा सचेत देखिएका छन्।

यस्तो परिस्थितिमा समितिका सभापति खतिवडाले विधेयक छिटो कार्यसूचीमा राखी पारित गर्न सरकारलाई स्पष्ट आग्रह गरेका छन्। निजामती सेवा सुधारका लागि महत्त्वपूर्ण मानिएको यो विधेयकको अबको बाटो के हुनेछ भन्नेमा सांसदहरू, कर्मचारी वृत्त र नीतिनिर्माताहरूको चासो बढ्दै गएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन
राजनीति

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
सुकुमवासीमाथि अमानवीय व्यवहार नगर्न सांसद बरालको आग्रह
राजनीति

सुकुमवासीमाथि अमानवीय व्यवहार नगर्न सांसद बरालको आग्रह

असार २५, २०८३
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
राजनीति

गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

असार २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व