Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इरान युद्धको तयारीमा : अमेरिकी सैन्य अखडामाथि आक्रमणको चेतावनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ४, २०८२
इरान युद्धको तयारीमा : अमेरिकी सैन्य अखडामाथि आक्रमणको चेतावनी

ISRAEL-IRAN-CONFLICT

0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

तेहरान – इजरायलसँगको जारी युद्धमा आवश्यक परे अमेरिकाविरुद्ध समेत आक्रमण गर्ने रणनीतिमा इरान रहेको खुलासा भएको छ। न्युयोर्क टाइम्सको एक अनुसन्धानात्मक रिपोर्ट अनुसार, इरानले अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै आक्रमणको तयारी गरिसकेको छ।

रिपोर्टमा उल्लेख भएअनुसार इरानका दुई उच्च अधिकारीहरूले अमेरिकाले इजरायलको पक्षमा सक्रिय रूपमा युद्धमा प्रवेश गरेमा, इराकस्थित अमेरिकी सैन्य अड्डाहरूलाई पहिलो प्राथमिकतामा राखेर हमला गर्न सक्ने बताएका छन्। त्यसपछि अन्य मध्यपूर्वीय देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरू पनि इरानको लक्ष्य बन्न सक्ने सम्भावना रिपोर्टमा औंल्याइएको छ।

इरानले इजरायलमाथिको मिसाइल आक्रमणलाई जारी राखिरहँदा अमेरिकाले खुला रूपमा इजरायलको समर्थन गरिरहेको छ। यही सन्दर्भमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयोतल्लाह अली खामेनीलाई बिना सर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन्। उनले खामेनी कहाँ छन् भन्ने जानकारी आफूहरूलाई भएको बताउँदै तत्काल नभए पनि उनलाई “मार्न सक्ने” टिप्पणी गरेका थिए।

ट्रम्पको चेतावनीपछि खामेनीले एक्स (पूर्व ट्विटर) मा लेख्दै युद्ध सुरु भएको घोषणा गरेका छन्। उनले लेखेका छन्, “पवित्र हैदरको नाममा युद्ध सुरु भयो।” खामेनीले आतंकवादी शासनहरूमाथि कठोर प्रतिक्रिया जनाउनुपर्ने र त्यसमा कुनै दया नदेखाइने बताएका छन्।

फताह–१ मिसाइल प्रक्षेपण : इजरायलको सुरक्षा चुनौतीमा
इरानले यसैबीच इजरायलतर्फ फताह–१ नामक हाइपरसोनिक ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको दाबी गरेको छ। इरानको सरकारी टेलिभिजन प्रेस टीभी ले इस्लामिक रिभोलुसन गार्ड्स क्रोप्स (IRGC) लाई उद्धृत गर्दै यो आक्रमणलाई युद्धको ‘महत्त्वपूर्ण मोड’ भनेको छ।

बीबीसीका अनुसार, फताह–१ इरानले २०२३ मा सार्वजनिक गरेको हाइपरसोनिक मिसाइल हो। यसले म्याच १३ देखि १५ (ध्वनिको गति भन्दा १३–१५ गुणा तीव्र) सम्मको गतिको साथमा ८७० माइल (१४०० किलोमिटर) टाढाको लक्ष्य भेदी गर्न सक्छ। इरानले यो मिसाइलले इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीलाई निष्क्रिय बनाउने सामर्थ्य राख्ने दाबी समेत गरेको छ।

इरान–इजरायल युद्धले पुनः मध्यपूर्वमा तनाव बढाइरहेको छ। यदी अमेरिका खुला रूपमा युद्धमा सहभागी भयो भने त्यसको क्षेत्रीय असर मात्र नभई वैश्विक सुरक्षा सन्तुलनमा समेत चुनौती थपिने स्पष्ट संकेत देखिन थालेको छ।

अमेरिका, इजरायल र इरानबीचको यो त्रिकोणात्मक तनाव आगामी दिनमा कति विस्फोटक बन्छ ? अन्तर्राष्ट्रिय कूटनीति र सैन्य निर्णयहरूले नै त्यसको उत्तर दिनेछन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुन सस्तो, चाँदी महँगियो

साउन १३, २०८३
गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

साउन १३, २०८३
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

साउन १३, २०८३
भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व