Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्थानीय उत्पादन प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गर्ने सरकारको नीति : मन्त्री भण्डारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २, २०८२
स्थानीय उत्पादन प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गर्ने सरकारको नीति : मन्त्री भण्डारी
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने स्पष्ट नीति अवलम्बन गरेको बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाद्वारा आयोजित चौथो महिला उद्यमी सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले महिला उद्यमशिलतालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै महिलाद्वारा सञ्चालित उद्यममा कर छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । “वर्तमान सरकारले ल्याएको बजेटमा उद्यमशिलतालाई प्राथमिकता दिइएको छ,” मन्त्री भण्डारीले भन्नुभयो, “उद्योग मन्त्रालयले प्रस्ताव गरेका ३१ वटा कार्यक्रम बजेटमा समावेश गरिएका छन्।”

उहाँका अनुसार नवप्रवर्तनमा आधारित उद्यम स्थापना गर्न चाहनेलाई लक्षित गर्दै आगामी आर्थिक वर्षका लागि ७३ करोड रुपैयाँ स्टार्टअप कर्जाका लागि विनियोजन गरिएको छ । त्यसैगरी, दलित महिला उद्यमीलाई लक्षित गर्दै ‘भगत सर्वजीत महिला उद्यमशिलता कार्यक्रम’ सञ्चालनमा ल्याइएको जानकारी पनि दिनुभयो ।

मन्त्री भण्डारीले सार्वजनिक निकायहरूलाई स्वदेशी उत्पादनको प्रयोग गर्न निर्देशन दिइसकिएको उल्लेख गर्दै यस्तो अभ्यासले स्थानीय उत्पादन, सीप र श्रमलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक निकायहरूले स्वदेशी उत्पादनको प्रयोग गरेमा आर्थिक चक्र देशभित्र घुम्छ। त्यसैले म ललितपुर महानगरलाई आग्रह गर्छु– सातामा कम्तीमा तीन दिन स्वदेशी लुगा अनिवार्य रूपमा प्रयोग गरियोस् ।”

नेपालमै उत्पादन हुने कोदोको मदिरा प्रयोगसम्बन्धी सरकारले गृहकार्य अगाडि बढाइरहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । साथै, स्वदेशी उत्पादनको गुणस्तर वृद्धिसँगै निर्यात प्रवद्र्धन गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रमकी अध्यक्ष तथा ललितपुर महानगरपालिकाकी उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले हालै सरकारद्वारा ल्याइएका नीति स्वागतयोग्य रहेको बताउँदै महानगरले ती नीति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर देशकै पहिलो नगरपालिका भएकाले अन्य नगरपालिकाभन्दा फरक ढंगले काम गर्दै आएको उल्लेख गर्दै उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व