Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालमा पहिलोपटक सफल लिङ्ग परिवर्तन शल्यक्रिया : ट्रान्सजेन्डर समुदायका लागि आशाको किरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २६, २०८२
नेपालमा पहिलोपटक सफल लिङ्ग परिवर्तन शल्यक्रिया : ट्रान्सजेन्डर समुदायका लागि आशाको किरण
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालमा पहिलो पटक लिङ्ग परिवर्तनसम्बन्धी जटिल र संवेदनशील शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित प्लास्टिक सर्जरी विभागमा सम्पन्न सो ऐतिहासिक शल्यक्रियाले ट्रान्सजेन्डर समुदायका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ।

जनकपुरकी २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिमा पुरुषको तन्तु प्रयोग गरी महिलाको जनेन्द्रिय निर्माण गरिएको डा. जयमान श्रेष्ठले जानकारी दिए। शल्यक्रिया सफलतापूर्वक सम्पन्न भई एक सातापछि ती व्यक्तिलाई डिस्चार्ज गरिए पनि सामान्य अवस्थासम्म आइपुग्न अझै ४ देखि ६ महिना लाग्ने बताइएको छ।

यो पहिलोपटकको शल्यक्रियाका लागि नेपाल मेडिकल काउन्सिलको स्वीकृति लिइएको थियो, जसले कानुनी प्रक्रिया सुनिश्चित गरेको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अब नेपालमै सस्तो शुल्कमा लिङ्ग परिवर्तन शल्यक्रिया सम्भव भएको छ। विदेशमा निकै महँगो हुने यस्तो शल्यक्रिया नेपालमा एकदेखि डेढ लाख रुपैयाँ खर्चमै गरिने भएको छ।

ब्लु डाइमन्ड सोसाइटीकी पिटरले यस उपलब्धिले ट्रान्सजेन्डर समुदायभित्र आत्मविश्वास, गर्व र आत्मस्वीकृतिको भाव बढाएको बताइन्। “अब म आफूलाई महिला भनेर गर्व गर्न सक्छु”, उनले भनिन्।

शल्यक्रिया जेठ १२ देखि १५ सम्म आयोजित चारदिने कार्यक्रममा गरिएको थियो, जसमा लिङ्ग परिवर्तनसहित स्तन तथा अनुहार शल्यक्रिया पनि गरिएको थियो। विदेशी विशेषज्ञ डा. एलिरेजा हामिडिएन जाह्रोमीको नेतृत्वमा डा. जयमान श्रेष्ठको संयोजनमा गरिएको सो शल्यक्रियामा नेपाली र विदेशी चिकित्सकको संयुक्त सहभागिता रहेको थियो।

यो शल्यक्रियाको सफलताले नेपालमा लैंगिक पहिचानका आधारमा स्वास्थ्य सेवाको पहुँच, आत्मसम्मान र सामाजिक स्वीकार्यता बढाउने दिशामा ठूलो फड्को मारेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

साउन १३, २०८३
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

साउन १३, २०८३
भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व