Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मन्त्र अस्पतालद्वारा कञ्चनपुरमा पहिलो पटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २३, २०८२
मन्त्र अस्पतालद्वारा कञ्चनपुरमा पहिलो पटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन
0
SHARES
574
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले पहिलो पटक भाँचिएको मेरुदण्डको सफल सल्यक्रिया (अप्रेसन) गरेको छ। अस्पतालले वेदकोट नगरपालिका–१ का ३१ वर्षीय धिरेन्द्र खत्रीको मेरुदण्डको सफल अप्रेसन गरेको हो।

मन्त्र अस्पतालका प्रबन्ध निर्देशक डा. गोविन्द रोकायाले अस्पताल स्थापना भएयता पहिलो पटक यस्तो जटिल अप्रेसन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार ९ जेठ २०८२ मा बुटबलबाट महेन्द्रनगर आउने क्रममा बस दुर्घटनामा परेर घाइते भएका खत्रीको मेरुदण्ड भाँचिएको थियो। कोहलपुर मेडिकल कलेजमा गरिएको एमआरआईबाट मेरुदण्ड टुटेको पुष्टि भएपछि खत्री उपचारका लागि मन्त्र अस्पताल आएका थिए।

खत्रीको अप्रेसन अर्थोपेडिक चिकित्सकहरू डा. दुर्गेश चौधरी, डा. केशव भट्ट र डा. मुकेश गामीसहितको टोलीले सफलतापूर्वक सम्पन्न गरेको छ। स्थानीय स्तरमै यस्तो जटिल अप्रेसन सम्पन्न भएपछि खत्रीको परिवार हर्षित भएको छ। कम खर्चमा स्थानीय अस्पतालमै उपचार सम्भव भएकाले परिवारमा थप उत्साह देखिएको छ।

हाल घाइते खत्रीलाई चिकित्सकको निगरानीमा मन्त्र अस्पतालमै राखिएको छ। उनको थप उपचार केही दिनसम्म जारी रहनेछ। मन्त्र अस्पतालले यसअघि पनि जटिल प्रकृतिका बिरामीहरूको अप्रेसनमार्फत उपचार गर्दै आएको छ। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यो सफल अप्रेसनले कञ्चनपुरमा स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको सन्देश प्रवाह गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व