Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा जोखिमयुक्त समुदायका लागि चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १९, सोमबार ०८:०२
कञ्चनपुरमा जोखिमयुक्त समुदायका लागि चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरः जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका समुदायहरूलाई सशक्त बनाउन कञ्चनपुरमा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित जलवायु उत्थानशिल समुदाय (सीआरसी) परियोजनाको आयोजनामा चार दिने तालिम सुरू गरिएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा देशभर सरदरभन्दा बढी वर्षा हुने र अधिकतम् तापक्रम पनि सामान्यभन्दा उच्च हुने पूर्वानुमान गरेको अवस्थामा बाढी, डुबान, गर्मी लहर जस्ता प्राकृतिक जोखिमहरू अझ बढ्न सक्ने सम्भावना रहेकोले परियोजनाले समुदायको क्षमता अभिवृद्धिका लागि तालिमहरूको आयोजना गर्दै आएको छ।

तालिमको उद्घाटन गर्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले विपद्का बेला दुर्घटनामा परेका व्यक्तिहरूलाई समयमै प्राथमिक उपचार दिन सकिएमा ज्यान जोगाउन सकिने उल्लेख गर्नुभयो। उहाँले समुदायमै यस्तो सीप विकास गर्नु दीर्घकालीन सुरक्षाको आधार हुने भन्दै स्थानीय स्तरमै प्रतिकार्य क्षमता विस्तार गर्नु अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो।

जलवायु उत्थानशिल समुदाय परियोजनाका संयोजक महेश घिमिरेले परियोजनाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सक्षम बनाउन विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले यो प्राथमिक उपचार तालिमजस्तै व्यवहारिक तालिमहरूले समुदायमा विपद् व्यवस्थापनको सीप मात्र नभई, विपद् आउँदा मानवीय क्षति न्यूनिकरणमा समेत योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

तालिमका प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका प्रमुख मनोज उप्रेतीले यो प्राथमिक उपचार तालिममार्फत जोखिममा रहेका समुदायहरूले विपद् आइपरेको बेलामा तदारुकताका साथ पहिलो सहयोग दिन सक्ने क्षमता विकास हुने बताउनुभयो। उहाँले व्यवहारिक अभ्यासमार्फत सिकाई प्रभावकारी बनाइँदै गएको भन्दै यस्तो तालिम विपद्का बेला मात्र नभएर हाम्रो दैनिक जीवनमा समेत अत्यन्त उपयोगी हुने धारणा राख्नुभयो।

तालिममा सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत सीप, विपद्का बेला घाइतेहरूको प्राथमिक उपचार, आपतकालीन अवस्थामा प्रतिकार्य गर्ने तरिका लगायतका विषयमा प्रशिक्षण गरिनेछ।

जलवायु उत्थानशिल समुदाय परियोजनाले यसअघि पनि पूर्वसूचना कार्यदल र खोज तथा उद्धार कार्यदललाई तालिम प्रदान गरिसकेको छ। यसै क्रममा सञ्चालन भएको आधारभूत प्राथमिक उपचार तालिमले स्थानीय समुदायको क्षमता विकास गरी समग्र विपद् व्यवस्थापनमा योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ जेष्ठ १९, सोमबार ०८:०२
श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा
जीवनशैली

श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

२०८२ जेष्ठ १९, सोमबार ०८:०२
वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न
जीवनशैली

वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न

२०८२ जेष्ठ १९, सोमबार ०८:०२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८२ जेष्ठ १९, सोमबार ०८:०२
मेयर बालेन शाहद्वारा ४ वटा समितिका संयोजकलाई पुरानै जिम्मेवारी

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह सूचीकृत

२०८२ जेष्ठ १९, सोमबार ०८:०२
कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८२ जेष्ठ १९, सोमबार ०८:०२
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८२ जेष्ठ १९, सोमबार ०८:०२
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८२ जेष्ठ १९, सोमबार ०८:०२
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ जेष्ठ १९, सोमबार ०८:०२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व