Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी तीन दिने कार्यशाला सुरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १७, शनिबार ०८:४६
दोधारा चाँदनीमा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी तीन दिने कार्यशाला सुरू
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — जलवायु परिवर्तनका प्रभावबारे चेतना अभिवृद्धि र समुदायस्तरमा अनुकूलन क्षमताको विकास गर्ने उद्देश्यले भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनीले जलवायु परिवर्तन अनुकूलनसम्बन्धी तीन दिने कार्यशाला सुरू गरेको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) अन्तर्गत समता आधारित अनुदान (Equity Grant) को सहयोगमा भानु बहुमुखी क्याम्पसले कार्यशालाको आयोजना गरेको हो।

कार्यशालाको उद्देश्यबारे स्पष्ट पार्दै क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलन साथै विपद् जोखिम न्यूनिकरण प्रक्रियामा शैक्षिक संस्थाहरूको प्रभावकारी सहभागिता आवश्यक भएकाले यस कार्यशालाको आयोजना गरिएको बताउनुभयो। उहाँले सामुदायिक क्याम्पस भएकाले क्याम्पसले पनि यो क्षेत्रमा आफ्नो भूमिका पूरा गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि, प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले दोधारा चाँदनी नगरपालिका महाकाली र जोगबुढा नदीले घेरिएको क्षेत्र भएकाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बताउनुभयो। उहाँले हाल जलवायु परिवर्तनको प्रभाव तीव्र रूपमा देखिन थालेको अवस्थामा, कार्यशालाबाट सिकिएका अनुकूलन अभ्यासहरूलाई व्यवहारमा रूपान्तरण गर्नु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालन समितिका अध्यक्ष भरत दत्त भट्टले नेपालमा बढ्दो जलवायु परिवर्तनका प्रभावलाई कम गर्न र जोखिममा रहेका स्थानीय समुदायलाई सुरक्षित गर्ने उपायसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै दीर्घकालीन समाधानतर्फ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यशालामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, नेपालमा जलवायु परिवर्तनको असर र अनुकूलन अभ्यासहरू, तथा पूर्वसूचना प्रणाली र सामुदायिक अग्रिम प्रतिकार्य जस्ता विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिनेछ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) का पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्ट, भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावल, र दोधारा चाँदनी नगरपालिकाका पूर्व विपद् सम्पर्क व्यक्ति रघुनाथ भट्टले कार्यशालामा सहजीकरण गरिरहनुभएको छ। यस्तै, कञ्चनपुरमा बाढी तथा पहिरो व्यवस्थापनसम्बन्धी सत्रमा सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले प्रशिक्षण दिइरहनुभएको छ।

कार्यशालाको उद्घाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका पूर्व उपमेयर चिनी गिरी, वडा नम्बर ६ का वडाध्यक्ष ओम बस्नेत, र क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष राजिव खड्काले समेत आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। कार्यशालामा विद्यार्थी, प्राध्यापक, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न
देश/राष्ट्रिय

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ जेष्ठ १७, शनिबार ०८:४६
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!
देश/राष्ट्रिय

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ जेष्ठ १७, शनिबार ०८:४६
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल
देश/राष्ट्रिय

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ जेष्ठ १७, शनिबार ०८:४६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ जेष्ठ १७, शनिबार ०८:४६
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ जेष्ठ १७, शनिबार ०८:४६
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ जेष्ठ १७, शनिबार ०८:४६
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ जेष्ठ १७, शनिबार ०८:४६
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ जेष्ठ १७, शनिबार ०८:४६
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८२ जेष्ठ १७, शनिबार ०८:४६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व