Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य मुख्य प्राथमिकतामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १७, २०८२
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य मुख्य प्राथमिकतामा
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रस्तुत दस्तावेजमा रोजगार सिर्जना, कृषि प्रवर्द्धन, पर्यटन विकास र स्वास्थ्य सेवाको विस्तारजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण गरी रोजगारी सिर्जना गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने उल्लेख गरेको छ। मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम सञ्चालन, गैर आवासीय नेपालीलाई प्रदेशमा लगानी गर्न प्रोत्साहन गर्ने नीति पनि समावेश गरिएको छ।

औद्योगिक क्षेत्र र कृषि क्षेत्रमा जोड

स्थानीय कच्चा पदार्थको उपयोग गरेर उद्योग स्थापनालाई प्राथमिकता दिइने भएको छ। कैलालीको डुडेझारीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना र ‘एक जिल्ला, एक उद्योग’ नीतिको निरन्तरता दिइनेछ। कृषि क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा जोड दिइने जनाइएको छ।

व्यवसायिक कृषकहरूलाई सहकारी, बैंक तथा वित्तीय संस्थामार्फत कृषि कर्जामा ब्याज अनुदान दिइनेछ। ‘एक स्थानीय तह, एक उत्पादन’ नीतिअन्तर्गत तीन वर्षभित्र सबै पालिकामा पकेट क्षेत्र स्थापना गर्ने योजना रहेको छ।

पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रको सशक्तीकरण

पर्यटन प्रवर्द्धनका लागि खप्तड, बडिमालिका, मालिकार्जुन, सिगास धाम र रामारोशन क्षेत्रमा केबलकार स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ। पर्यटन प्रवर्द्धन बोर्ड स्थापनाका साथै होटल तथा लज सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ।

स्वास्थ्य क्षेत्रमा मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रमअन्तर्गत प्रदेश अस्पतालमा अत्यावश्यक सेवा विस्तार, टेलिफोन कार्यक्रमद्वारा विशेषज्ञ सेवा प्रवाह, रैथाने बालीमा आधारित पोषण कार्यक्रम सञ्चालन गरिनेछ। महाकाली, टीकापुर र सेती अस्पतालमा मानसिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ भने डायलासिस सेवा विस्तारका योजना पनि अघि सारिएको छ।

बयलपाटा अस्पतालको स्वामित्व तथा व्यवस्थापन प्रदेश मातहत ल्याउन कानुनी प्रक्रिया अघि बढाइनेछ। साथै, जोगबुढा, गोकुलेश्वर, बेलौरी, लम्कीचुहा र कोल्टी अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रूपमा विकास गरिनेछ।

शिक्षा, सामाजिक सुरक्षा र सुशासनमा ध्यान

जयपृथ्वी बहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षाको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत सबै निर्वाचन क्षेत्रमा प्रदेश नमूना विद्यालय स्थापना गरिनेछ। दशक २०८२–२०९२ लाई ‘स्वस्थ बालबालिका, सबल नागरिक तथा ज्येष्ठ नागरिक दशक’ घोषणा गरिएको छ। टीकाराम पार्की दलित सशक्तिकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।

आपतकालीन हवाई उद्दार तथा विपद् बीमा कार्यक्रमलाई निरन्तरता दिँदै विपद् स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। सीमा नाकामा सूचना प्रणाली विकास र अवैध वस्तुको ओसारपसार नियन्त्रणको नीति पनि समावेश गरिएको छ।

सुशासन र मितव्ययितामा जोड

प्रदेश सरकारले खर्च मितव्ययी र नतिजामुखी बनाउने गरी कार्यान्वयन निर्देशिका लागू गर्ने घोषणा गरेको छ। साथै, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति दोहोर्याउँदै प्रभावकारी निगरानी तथा जवाफदेहितालाई मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

सुदूरपश्चिम प्रदेशको नयाँ नीति तथा कार्यक्रमले समावेश गरिएका विविध क्षेत्रका पहलहरूले सामाजिक–आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
society

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३
दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल
देश/राष्ट्रिय

दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

जेष्ठ २८, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व