Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वृद्धभत्ता पाउने उमेर फेरि बढ्ने : अब ७० वर्षपछि मात्र नयाँ लाभग्राहीले पाउने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १५, २०८२
वृद्धभत्ता पाउने उमेर फेरि बढ्ने : अब ७० वर्षपछि मात्र नयाँ लाभग्राहीले पाउने
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — सरकारले वृद्धभत्ता पाउने उमेर पुनः बढाउने तयारी गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत यो व्यवस्था लागू गर्न अर्थ मन्त्रालयले तयारी गरेको छ। यदि प्रस्ताव पारित भयो भने साउन १, २०८२ देखि ७० वर्ष पुगेका नागरिक मात्र नयाँ वृद्धभत्ताका लाभग्राही बन्न पाउनेछन्।

हाल ६८ वर्ष पूरा गरेका नागरिकलाई मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता दिइँदै आएको छ। सन् २०७९/८० देखि लागू भएको यो व्यवस्था फेरि उल्ट्याउँदै सरकारले सामाजिक सुरक्षामा बढ्दो खर्च घटाउन यस्तो निर्णय गर्न लागेको हो। अर्थ मन्त्रालयका स्रोतका अनुसार अहिले ६८ वर्ष पूरा भइसकेका र वृद्धभत्ता पाइरहेका लाभग्राहीको सेवा भने यथावत् राखिनेछ।

सामाजिक सुरक्षामा चाप, खर्च नियन्त्रण सरकारको लक्ष्य
सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा सामाजिक सुरक्षाका लागि २ खर्ब १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ११.५० प्रतिशत हो। अघिल्लो वर्ष यो अनुपात १९.६७ प्रतिशत पुगेको थियो। सन् २०७३/७४ मा यो हिस्सा केवल ७.३ प्रतिशत थियो।

वृद्धभत्ता, अपांगता भत्ता, बाल भत्ता, दलित र लोपोन्मुख समुदायको भत्ता लगायतका शीर्षकमा सरकारको सामाजिक सुरक्षा सम्बन्धी खर्च तीव्ररूपमा बढ्दै गएको देखिन्छ। यही चाप कम गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि वृद्धभत्ताको उमेर हद पुनः ७० वर्ष कायम गर्न सिफारिस गरेको थियो। उक्त सिफारिस अनुसार मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ।

विशेष समूहमा अझै विशेष व्यवस्था
देशका पूर्व कर्णाली अञ्चलअन्तर्गतका जिल्लाका नागरिक र देशभरका दलित समुदायका व्यक्तिहरूलाई भने ६० वर्षदेखि नै वृद्धभत्ता दिइँदै आएको छ। यस्तै विवाह नगरेका, सम्बन्धविच्छेदमा परेका वा पतिको मृत्यु भएका ६० वर्ष पुगेका महिलाहरूलाई पनि मासिक २६६० रुपैयाँ भत्ता दिइन्छ। अपांगता भएका, लोपोन्मुख आदिवासी तथा जनजाति एवं तोकिएका क्षेत्रका बालबालिकालाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइएको छ।

दोहोरो लाभ लिनेको तथ्यांक छैन
२०७९/८० वर्षको बजेट भाषणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेहरूलाई सम्मान गरिने बताएका थिए। तर, हालसम्म राज्यसँग दोहोरो भत्ता लिने लाभग्राहीको यकिन तथ्यांक छैन, जसले पारदर्शिता र व्यवस्थापनमा चुनौती थपेको छ। सामाजिक सुरक्षामा राज्यको दायित्व असह्य बन्दै गएको छ। त्यसैले, वृद्धभत्ता जस्ता सुविधामा प्रभावकारी पुनरावलोकन अपरिहार्य बनेको सरकारको तर्क छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व