Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घटाल क्याम्पस कञ्चनपुरमै अब्बल : बिबिएस प्रथम वर्षमा उत्कृष्ट नतिजा

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ ८, २०८२
घटाल क्याम्पस कञ्चनपुरमै अब्बल : बिबिएस प्रथम वर्षमा उत्कृष्ट नतिजा
0
SHARES
506
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिका–७ सुडामा अवस्थित घटाल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बिबिएस प्रथम वर्षको नतिजामा जिल्लामै पहिलो स्थान हासिल गरेको दाबी गरेको छ। क्याम्पसका प्रमुख देव दत्त पन्तले यो उपलब्धि क्याम्पस र विद्यार्थीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ।

क्याम्पस प्रमुख पन्तका अनुसार, “हामीले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर मेहनत गर्दै आएका छौं र यसपटक जिल्लामै उत्कृष्ट नतिजा ल्याउनु हाम्रो सामूहिक प्रयासको सफल परिणाम हो।” त्रिभुवन विश्वविद्यालयको हालै प्रकाशित नतिजामा बिबिएस प्रथम वर्षमा घटाल बहुमुखी क्याम्पसका विद्यार्थीले उच्च अंक प्राप्त गर्दै जिल्लामै अग्रस्थान हासिल गरेको जनाइएको छ।

नतिजाको विवरणबारे क्याम्पस प्रमुख पन्तले जानकारी गराउँदै बिबिएस प्रथम वर्षको कूल नतिजा ४४% रहेको बताउनुभयो। जसमध्ये २९% विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् भने ४२% विद्यार्थीले द्वितीय श्रेणी हासिल गरेका छन्। बाँकी २९% विद्यार्थी भने उत्तीर्ण श्रेणीमा रहेका छन्।

क्याम्पसले व्यवसाय शिक्षामा गुणस्तरीय शिक्षण र विद्यार्थीको व्यक्तिगत विकासमा जोड दिँदै आएको छ। यो उपलब्धिको स्थानीय समुदाय, अभिभावक तथा वेदकोट नगरपालिकाले समेत स्वागत गरेका छन्। क्याम्पस परिवारले आगामी दिनमा अझ राम्रो शैक्षिक वातावरण निर्माण गर्दै जिल्लामा उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३
मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम
Uncategorized

मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम

जेष्ठ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भायानेटको वाईफाई ६ र ViaTv अफर

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

जेष्ठ ३०, २०८३
कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व