अर्काे वर्ष हुने आईसीसी टी–२० विश्वकपसम्म लिटन दास बङ्गलादेश टी–२० क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् ।
बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले लिटन दासले अर्काे विश्वकपसम्म टी–२० क्रिकेटमा टोलीको नेतृत्व गर्ने घोषणा गरेको हो । राष्ट्रिय टोलीको कप्तानका रूपमा विभिन्न फर्म्याटमा व्यस्त तालिकालाई ध्यानमा राख्दै नजमुल हुसेन शान्तोले टी–२० को कप्तानबाट हट्ने निर्णय गरेपछि यो पद खाली भएको थियो ।
वेस्ट इन्डिजमा भएको तीन खेलको टी–२० शृङ्खलामा सफलतापूर्वक टोलीको नेतृत्व गरेका लिटनले विश्वव्यापी प्रतियोगिताका लागि महत्त्वपूर्ण तयारीमा टोलीको नेतृत्व गर्नेछन् ।
यसैबीच बीसीबीले संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानमा हुने आउँदो टी–२० शृङ्खलाका लागि १६ सदस्यीय टोलीको पनि घोषणा गरेको छ । यो शृङ्खला पूर्णकालिक टी–२० कप्तानका रूपमा लिटनको पहिलो जिम्मेवारी हुनेछ । यस्तै आउँदो दुई टी–२० शृङ्खलाका लागि मेहेदी हसन उपकप्तान नियुक्त भएका छन् ।
Discussion about this post