Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ: प्रदेश प्रमुख भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १७, २०८२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १७ वैशाख

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्ने बताउनुभएको छ । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको पूर्वसन्ध्यामा कम्प्युटर एशोसियसन नेपाल महासंघ कास्कीले आयोजना गरेको ‘डिजिटल ट्रान्सफर्मेशनः साइबर सेक्युरिटी एण्ड एआई’ विषयक सेमिनारमा प्रमुख अतिथि रहनुभएका भट्टले प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षाको खतरा पनि उत्तिकै रहेको बताउनुभएका हो ।

सूचना प्रविधिको विकास र प्रयोगमार्फत् मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार लागिपरेको भन्दै उहाँले यो डिजिटल युगमा सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिने उल्लेख गर्नुभयो । ‘कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भनिरहँदा प्रविधिको क्षेत्रमा भएको द्र्र्रूततर विकासले पछिल्लो समय सूचना प्रविधि पनि प्रमुख आधारका रुपमा थपिएको छ ।

प्रविधिपोख्त युवाका माध्यमबाट सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ ।’ उहाँले भन्नुभयो ।नेपाल डिजिटल अर्थतन्त्रतर्फ तीब्र गतिमा अघि बढिरहेको सन्दर्भमा देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता रहेको उल्लेख गर्दै उहाँले थप्नुभयो – ‘आज शिक्षा, स्वास्थ्य, बैंकिङ, उद्योगदेखि सरकारी सेवा तथा प्रशासन डिजिटल प्रविधिमा रुपान्तरण भइरहेको छ ।

साइबर सुरक्षा र कृत्रिम बौद्धिकताजस्ता प्रविधिहरू अब प्रविधि विज्ञहरूको लागि मात्र नभई आम नागरिकका लागि समेत आवश्यक ज्ञान बनिसकेको छ ।’राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी भइसकेको उल्लेख गर्दै उहाँले एआईको प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरी राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१ को मस्यौदामाथि छलफल भइरहेको जनाउनुभयो । भट्टले अहिले विज्ञान प्रविधिको क्षेत्रमा अभूतपूर्व रूपले एआईको प्रयोग हुँदै आएकोमा यसको प्रयोग नैतिक, जिम्मेवार र पारदर्शी हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।‘साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।

विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले यस सम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न नै यो कदम चालिएको हो ।’ उहाँले भन्नुभयो । कार्यक्रम क्यान महासंघ, कास्कीका अध्यक्ष पुरुषोत्तम कुवँरको अध्यक्षतामा भएको थियो ।

नेपालमा यस वर्षपनि मे २ तारिखका दिन “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” नाराका साथ आठौं आईसिटी दिवस मनाइँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अगुवाईमा हरेक वर्ष विशेष कार्यक्रम हुने गर्दछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व