Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार ढालियो : प्रचण्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १७, २०८२
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन्।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’को समापन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न उद्यत रहेको दाबी गरे।“हाम्रो सरकारले सुशासनका क्षेत्रमा एकपछि अर्को सकारात्मक काम गरिरहेको थियो, तर यो विचौलिया, दलाल र नोकरशाहलाई पचेन,” प्रचण्डले भने, “त्यसैले रातको अँध्यारोमा सरकार ढालियो।

अहिलेको सरकार भ्रष्टाचार बनाउन लागिपरेको छ।”प्रचण्डले आफ्नो कार्यकालमा चीनसँग जोड्ने उत्तरी नाका विस्तार, भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता जस्ता काम अघि बढेको बताए। उनले पञ्चेश्वर परियोजना कुनै पनि हालतमा सफल पार्ने उद्घोष गरे।

साथै, माओवादी नेता स्व. पोस्टबहादुर बोगटीले ऊर्जा मन्त्रालय सम्हाल्दा पश्चिम सेती परियोजना अघि बढाउने योजना बनाए पनि पछिल्ला सरकारले रोकेको उनको भनाइ थियो। वर्तमान सरकारले शिक्षक आन्दोलनमाथि दमन गरेको आरोप लगाउँदै प्रचण्डले भने, “शिक्षकका माग पूरा गर्नुको साटो सरकार दमनमा उत्रिएको छ।आफैंले ल्याएको विधेयकमा सार्वजनिक प्रस्ताव दर्ता गरेपछि मात्र वार्ताको वातावरण बनेको छ।”

फागुनदेखि सुरु भएको माओवादीको अभियानलाई राष्ट्रिय अभियानको संज्ञा दिँदै प्रचण्डले किसान, मजदुर, सहिद परिवार र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेको बताए। उनले आफ्नो कार्यकालमा सुदूरपश्चिममा शिक्षा, स्वास्थ्य र पूर्वाधारका थुप्रै योजना अघि बढेको उल्लेख गर्दै कञ्चनपुरको पुनर्वासमा प्राविधिक शिक्षालय निर्माण गरिने घोषणा गरे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व