कञ्चनपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली गुजरात टाइटन्सले घाइते खेलाडी ग्लेन फिलिप्सको स्थानमा श्रीलङ्काका दसुन शनाकालाई अनुबन्ध गरेको छ। सनराइजर्स हैदराबादविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा कम्मरमा चोट लागेपछि फिलिप्स प्रतियोगिताबाट बाहिरिएका छन् र घर फर्किएका छन्।
गुजरातले शनाकालाई ७५ लाख भारतीय रुपैयाँमा टोलीमा भित्र्याएको हो। शनाकाले यसअघि गुजरातबाटै आईपीएलमा डेब्यू गरेका थिए। उनले एक सिजनमा तीन खेल खेलेर २६ रन बनाएका छन्, तर बलिङ गर्ने अवसर भने पाएका छैनन्।
यसैबीच, गुजरातका अर्का स्टार खेलाडी कागिसो रबाडा पनि व्यक्तिगत कारणले अप्रिल ३ मा घर फर्किएका छन्। उनको फिर्तीको मिति अझै निश्चित भएको छैन।
गुजरात टाइटन्स हाल ६ खेलमा ८ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।









Discussion about this post