काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
पुर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा नेपाल भारत विकास सहयोग अन्तरगत गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्य्रमको अध्यक्षता शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीले गरेका थिए भने र पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको विशिष्ट आतिथी रहेका थिए । यसैगरी भारतीय राजदुतावास काठमाडौंका काउन्सलर अविनास कुमार सिंह, शैल्यशिखर नगरपालिकाका उप(प्रमुख शान्ती खडायत, प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
करिव ४ करोड बजेटमा निर्माण गरिएको विद्यालय र कार्यालय भवन निर्माणमा भारतीय राजदुताबासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत लगानी रहेको छ । कार्यक्रममा बोल्दै पुर्वमन्त्री बडूले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भारतीय राजदुतावास, नगरपालिका र नेपाल सरकारलाई धन्यवाद दिए ।
विकास निर्माणको सवालमा कोही पक्ष र विपक्ष नभई सबैलाई हातेमालो गर्न सांसद बडूले सबैलाई आह्वान गरे । उनले समग्र जिल्ला र शैल्यशिखरको विकासका लागि आफुले गर्न सकिने कुनैपनि कार्य गर्न पछि नपर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सांसद बडूको पहलकदमीमा नै विद्यालयको भवन निर्माण सुरु भएको थियो । उनले अझैपनि नगरपालिका र सम्बन्धित निकायहरुसँगको सहयर्कामा विकासका कामहरु गर्न आफु तयार रहेको प्रतिबद्धता गरे ।
एक फरक प्रसंगमा बोल्दै साँसद बडूले शैल्यशिखरमा भएको खानेपानी योजना विवादको बारेमा थप प्रस्ट पारे । उनले कुनै ठाउँको योजना काटेर कुनै ठाउँमा दिने कुरा झुटो भएको र सबैले यथार्थ बुझ्न समेत आग्रह गरे । उनले वडा नं। ७ का अध्यक्ष पुष्पराज जोशीको सिफारिसमा आफुले सहजिकरण मात्र गरेको प्रष््टयाए । वडा नं। ८ मा पनि खानेपानीका स्किमहरु संचालन हुने र त्यसकालागि आफुले सक्दो पहल गर्ने दोहर्याए । सांसद बडूले उपभोक्ता र सरोकारवालाहरुलाई योजनाहरुको अनुगमन गर्न समेत सुझाव दिए ।
भवन निर्माणकार्य समयमै सम्पन्न गर्ने नमस्कार जेभी निर्माण सेवाका सञ्चालक सर्पराज वडूलाई पनि धन्यवाद सहित सम्मान गरिएको छ ।