Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौं: प्रधानमन्त्री केपी शर्मा ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ माघ २५, शुक्रबार २१:०९
समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौं: प्रधानमन्त्री केपी शर्मा ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग पहिलो पटक यस प्रकारको संवाद गरेका हुन् । करि साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग एक्ला एक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने विश्वास दिलाए। उनले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ’एक्सन’ मा जाने जानकारी दिए।

प्रधानमन्त्री ओलीले अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागतरुपमा मुख्यमन्त्रीहरुले यस्ता छलफल गर्न सकिने सुझाव दिए। प्रधानमन्त्री ओलीले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रुमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको स्मरण गराउँदै यस कक्षको उपयोगलाई बढाउँदै जाने बताए।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई०मा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण हुने अवस्था सुधार्न आफूले केही युवाहरुको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयहरुमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै यसमा ५७ हजार विद्यार्थी सहभागी जानकारी गराए ।

आगामी वर्षदेखि यसै वर्षदेखि यस प्रकारको तयारी गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रुपमा शिक्षालाई लिनुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल नेपालतर्फ आफूहरु अघि बढेकाले स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने बताए ।

संवादमा मुख्यमन्त्रीहरुले यस प्रकारको छलफला राखिएकामा आभार व्यक्त गर्दै आफ्ना सरकारले चालु आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराए।

उनले बहुवर्षीय ठेक्का लागेका कार्यक्रमहरुमा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रुख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी–निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रुपमा विकास गर्न निर्माणधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुङ्ग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनः विचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्ने लगायत सुझाव दिए ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुख्यमन्त्रीहरुले उठाएका समस्याका विषय सङ्घीय मन्त्रिपरिषद्को बैठक र नेपाल सरकारका सचिवहरुको बैठकमा छलफलको विषय बनाइ सम्बोधन गरिने बताए। संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा युवराज खतिवडा र उच्चाधिकारीहरुको सहभागिता थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार
मुख्य समाचार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८१ माघ २५, शुक्रबार २१:०९
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
मुख्य समाचार

आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

२०८१ माघ २५, शुक्रबार २१:०९
इरानसँग छिट्टै वार्ता हुनसक्ने डोनाल्ड ट्रम्पको दाबी
मुख्य समाचार

इरानसँग छिट्टै वार्ता हुनसक्ने डोनाल्ड ट्रम्पको दाबी

२०८१ माघ २५, शुक्रबार २१:०९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८१ माघ २५, शुक्रबार २१:०९
मेयर बालेन शाहद्वारा ४ वटा समितिका संयोजकलाई पुरानै जिम्मेवारी

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह सूचीकृत

२०८१ माघ २५, शुक्रबार २१:०९
कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८१ माघ २५, शुक्रबार २१:०९
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८१ माघ २५, शुक्रबार २१:०९
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८१ माघ २५, शुक्रबार २१:०९
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८१ माघ २५, शुक्रबार २१:०९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व