कञ्चनपुर, भारतीय पक्षले नेपाली भूमी कञ्चनपुरमा पटक पटक सीमा मिच्ने, अतिक्रमण गर्ने, हस्तक्षेप गर्ने प्रवृति निरन्तरता दिएको छ । सीमा सुरक्षा९एसएसबी० सहित भारतीय प्रशासनले दोधाराचाँदनी नगरपालिका ८ धामी टोलमा एकलौटी दशगजा छुट्याउने काम गरेपछि विवाद उत्पन्न भएको हो । नेपाल भारत ७६९९१६० नम्बर सीमा पिलर क्षेत्रमा टेक्टर ल्याएर दुवै तर्फ दशगजा छुट्याउन थालेपछि बिरोध भएको छ ।
गत शुक्रबार भारतीय सीमा सुरक्षा बल९एसएसबी०ले आएर सीमाङकन गरेपछि स्थानीय बिरोधमा उत्रिएका छन । स्थानीयले भारतीय पक्षबाट दशगजा छुट्टाउने निहुँमा सीमा अतिक्रमण गर्न खोजिएको भन्दै बिरोधमा उत्रिएका हुन ।
स्थानीय युवा तमाङ सिह गुरुङ्गले भारतीय पक्षले नेपाली पक्षबिनैको उपस्थितिमा भारतीय पक्षले दशगजा छुट्याउने निहुँमा टेक्टर ल्याएर सिमाङकन गर्न थालेपछि आफुहरुले बिरोध गरेको बताए । ‘घरकै दुई दाजुभाईको अशबण्डा गर्दा पनि दुवै पक्षको उपस्थितिमा हुन्छ, ‘उनले भने, ‘यहाँ त दुई देशको कुरो हो, दशगजा छुट्याउने निहुँमा भारतीय पक्षले एकलौटी आएर टेक्टर मार्फत रेखाङकन गर्ने कुरा सुहाएन ।’ गुरुङ्गले भारतीय पक्षले दशगजा छुट्याउने निहुँमा एकलौटी सीमाङ्गन गर्ने कार्य दादागिरी भएको बताए ।
भारतीय एसएसबीले दशगजा छुटउनका लागि नेपाल प्रशासनलाई पत्राचार गरेर मात्रै गरेको आफुहरुसंग दावि गरेको उनले बताए । अर्का स्थानीय कान्छा खत्रीले आफुहरुले बषौँदेखि उपभोग गर्दै आएको जमिनमा भारतीय पक्षले दशगजा छुट्याउने भन्दै टेक्टरले सीमाङकन गरेको बताए । स्थानीय खत्रीले हामीले पहिल्यैदेखि खाईपाई आएको र अहिले आएर उक्त जमिन अहिले दशगजामा देखाएको बताए । ‘यो हाम्रो निजी विषय मात्रै रहेन, यसमा नेपाल सरकारको सरोकार हुनुपर्छ, ‘उनले भने, ‘सीमा पिलर क्षेत्रमा रहेको जमिनको दशगजा छुट्याउने विषयमा दुवै पक्षको सहमती चाहिन्छ ।’ दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले भारतीय पक्षले नेपाली पक्षको उपस्थिति बिनै पहिलो दिन दशगजा छुटउन थालेपछि स्थानीयले पहिल्यैलदेखि उपभोग गर्दै आएको जमिन दशगजामा परेपछि विवाद भएको बताए । ‘मैले यस विषयमा सिडियो सापसंग कुराकानी गरेको छु, ‘उनले भने, ‘यो सीमाको विषय हाम्रो मात्रै नभई समग्र सरकारले सरोकारको विषय हो ।’ नेपाली पक्षको उपस्थिति बिनै एसएसबीले एकलौटी सीमाङकन गरेको स्थान मान्य नहुने भएको मेयर लिम्बुले बताए । यसरी भारतीय पक्षले एकलौटी रुपमा नेपाली पक्षको उपस्थिति बिनै सिमाङ्गकन गरेपछि स्थानीय सहित राजनैतिक दल, संघ संगठन बिरोधमा उत्रिएका छन । सत्ताधारी नेकपा एमाले सहित विपक्षी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा,राप्रपा, नेकपा विप्लव, बहुमत, जनमोर्चा सहितका दल, तिनका नेता कार्यकर्ताहरु एव भातृ संघ संगठन बिरोधमा उत्रिएका छन ।
बुधबार धामी टोल क्षेत्रमा स्थलगत अनुगमनमा पुगेका एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा, जनक अवस्थी सहितका नेता कार्यकर्ताहरुले सीमा क्षेत्रमा यत्रो अत्याचार हुँदा समेत गृहमन्त्री रमेश लेखक मौन बनेको भन्दै बि
रोध गरेका छन ।
नेकपा बहुमत कञ्चनपुरका जिल्ला इन्चार्ज हरिस दयालले पटक पटक नेपाली जनता, भूमिमाथि भारतीय हस्तक्षेप बन्द गर्न अनुरोध गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले यो सीमाको प्राविधिक विषय भएकाले आफुले यस विषयमा धारणा दिन नमिल्ने बताए । प्रजिअ सापकोटाले सीमा विवाद कुटनैतिक रुपमा नेपाल सरकारले नै समाधान गर्ने बताए । स्थानीयले भने, दुई देशका अधिकारीकै उपस्थितिमा मात्रै सीमा विवाद निरुपण गर्नुपर्ने माग अघि सार्दै आएका छन ।