काठमाण्डाै – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईको कार्यकाल नथप्ने यसअघि नै घोषणा गरिसकेको छ । क्यानले आज विज्ञप्ति निकालेर देसाईलाई धन्यवाद दिएको छ । देसाईको प्रशिक्षणमा नेपाली पुरुष राष्ट्रिय टिमले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलताका लागि धन्यवाद दिइएको क्यानले जनाएको छ ।
भारतीय मूलका माेन्टी देसाई विं.सं. २०७९ माघमा नेपाली क्रिकेट टाेलीकाे मुख्य प्रशिक्षक नियुक्त भएका थिए । देसाईकाे प्रशिक्षणमा नेपालले एकदिवसीय हैसियत जाेगाउनेदेखि एशिया कपमा पहिलाे पटक भारत र पाकिस्तानजस्ता बलिया टाेलीसँग खेल्ने माैका पाएकाे थियाे । यस्तै नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेलेकाे थियाे ।
