सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अब एक ठाउँमा यो सफर बसाउनु छ !

जङ्गल नास्नु छ मलाई घर बसाउनु छ
एक गाउँ छ उखेलेर सहर बसाउनु छ
भौतारिएर उडेका सपनाहरू समेटदै
विसङ्गत यो जीवन सरदर बसाउनु छ
कति हिड्नु ठिमिले यात्रा बोझ बोकि
अब एक ठाउँमा यो सफर बसाउनु छ
भगवान कहाँ बस्छन् पुराना मन्दिरमा
आफै खोजेर एउटा पत्थर बसाउनु छ
संघर्षको के हिसाब गर्नु आफ्नै जीवन
कुदेर आफ्नै हातले कलेवर बसाउनु छ

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds