सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माघ १७ देखि शुरू हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि महिला टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कीर्तिपुरको त्रिवि मैदानमा यही माघ १७ गते आउने बिहिवारदेखि २५ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच त्रिदेशीय शृङ्खला हुँदै छ ।

नेपाली टोलीमा हालै मलेसियामा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप खेलेर फर्किएको टोलीकी कप्तान पूजा महतोसहित अलिसाकुमारी यादव र प्रधानमन्त्री कपमा सहभागी सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्यायलाई पनि समावेश गरिएको छ । सबै टोलीले आपसमा २/२ पटक प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

Mahakali Polytechnic

माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपाल, माघ २३ गते नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछन् । माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds