सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेशनल लाइफमा कार्यरत चन्द भारतको कलकत्तामा सम्मानित

कञ्चनपुर । नेपालको अग्रणी जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका मुख्य  व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्द सम्मानित भएका छन्।

चन्दलाई छिमेकी राष्ट्र भारतको कलकत्तामा रहेको कलेज अफ इनस्युरेन्समा आयोजना गरिएको एक कार्यक्रममा प्रमाणपत्र सहित सम्मान गरिएको हो।

नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले इन्स्युरेन्स इन्स्टिच्युट अफ इन्डिया सँगको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा तालिममा नेपाल भरिबाट करिब ३५० भन्दा बढी सक्रिय बिमा अभिकर्ता लाई सहभागी भएका छन्।

देश भरी बाट उत्कृष्ट बिजनेस गरी स्किममा पर्न सफल बिमा अभिकर्ताहरूलाई छनौट गरी उक्त तालिमका लागि भारतको कलकत्ता लगिएको हो। चन्द सुदूरपश्चिम प्रदेश बाट लगातार २ पटक प्रथम हुने अभिकर्ता समेत हुन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds