सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक यातायातको भाडादर बढ्यो, सुदूरपश्चिमबाट जाने सवारी साधनको भाडादर यस्तो छ

कञ्चनपुर । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो। काठमाण्डौं–चिसापानीको भाडा २ हजार ९ रुपैयाँबाट बढाएर २ हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ।

काठमाण्डौं–धनगढी–सिलगढी–साँफेबगरको भाडा तीन हजार चार सय २१ रुपैयाबाट बढाएर चार हजार एक सय ५ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–महेन्द्रनगरसम्मको भाडा २ हजार चार सय ३२ रुपैयाँबाट बढाएर २ हजार ९ सय १९ पुगाइएको छ।

काठमाण्डौंदेखि अत्तरिया हुँदै डडेल्धुराको भाडा २ हजार ८ सय ४२ बाट बढाएर तीन हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीसम्मको भाडा तीन हजार २ सय ५८ बाट बढाएर तीन हजार ९ सय ९ रुपैयाँ पुगाइएको छ।

गुलरिया–धनगढीको भाडा ६ सय ६१ बाट बढाएर ६ सय ७३ पुगाइएको छ। चुनेपानी–डडेल्धुराको भाडा पाँच सय ३६ बाट बढाएर ६ सय ४३ रुपैयाँ पुगाइएको छ। धनगढी–नेपालगन्जको भाडा ७ सय २३ बाट बढाएर ८ सय ६७, धनगढी–विराटनगरको भाडा २ हजार ८ सय १८ बाट बढाएर तीन हजार ३ सय ८१, धनगढी–स्याङ्जा–पोखराको भाडा २ हजार एक सय ८८ बाट बढाएर २ हजार ६ सय २६,

Mahakali Polytechnic

नाउँडाडा–बुटवल–धनगढीको भाडा एक हजार ९ सय १७ बाट बढाएर २ हजार तीन सय, पोखरा–नारायणगढ हुँदै धनगढीको भाडा २ हजार तीन सय ४१ बाट बढाएर २ हजार ८ सय १० र वीरगन्ज–धनगढीको भाडा २ हजार २ सय ७४ बाट बढाएर २ हजार ७ सय २९ रुपैयाँ पुगाइएको छ।

World Link Ads

यातायात विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो। यात्रुवाहक सवारीमा ३ दशमलव ३० प्रतिशत भाडा बढाइएको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव शून्य ५ प्रतिशतले बढाइएको छ।

Sana Kishan

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds