छाती पनि तिम्रो खेल्ने मैदान भएको छ
मेरो दिल सपना पोल्ने मसान भएको छ
कसले बाँच्न दिएन भन्नू यस्तै रहेछ व्यर्थ
स्वयं दुस्मन आफ्नै स्वाभिमान भएको छ
कसलाई के मानेर के फरक पर्छ दुनियाँ
भगवान मानेको कहाँ भगवान भएको छ
आशा पनि कसको गर्नु आफूबाहेक अब
पुज्ने गरेको देवता पनि सैतान भएको छ
अरूलाई दोष दिएर चित्त बुझाउनु छैन
आफ्नो हत्यारा आफ्नै ज्यान भएको छ
देखिन्छ होला हाँस्नु हेरेर शरीरका डाम
तिम्रो बस्ने ठाउँ अचेल मचान भएको छ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post