सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु, कहाँको मौसम कस्तो ?

काठमाडौं – सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने भएको छ । उक्त प्रणाली सक्रिय भएपछि वर्षा सुरु हुनेछ । यो वर्षको दिउँदको दोस्रो वर्षा आज रातिबाट सुरु हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

कर्णाली प्रदेशका पहाडी क्षेत्रमा राति साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईलगायत पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds