Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ६२ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई आठौं पटक थप चार दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।

प्रहरीले दिएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आउँदो शुक्रवार लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । कास्की प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सकेर हिजो सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार सात सय जना बचतकर्ताको बचत अपचलनमा ५० जनालाई पनि मुद्दा चलाउने सिफारिशसहित प्रतिवेदन बुझाएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड रुपैयाँ बिगो र त्यति नै जरीवाना असूल गर्ने मागसहित मुद्दा चलाउन सिफारिश गरेको छ । यस्तै समग्रमा सहकारीको कुल एक अर्ब ३५ करोड रुपैयाँ असूल गर्न प्रहरीको राय छ ।

गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि शुरूमा ६ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन, १५ दिन, चार दिन र पाँच दिन म्याद थप गरेर अनुसन्धानपछि यस पटक चार दिन म्याद थप भएको हो ।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवन, पर्सा, काठमाण्डौ र रुपन्देहीमा सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएकोमा सबै जिल्लामा बयान सकिएको छ । उज्यालो अनलाइनमा समाचार छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व