टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा अफगानिस्तानले जिम्बावेलाई ५० रनले हराएको छ ।
अफगानिस्तानले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावे १७ ओभर ४ बलमा १ सय ३ रनमा अलआउट भयो । जिम्बावेका कप्तान सिकन्दर राजाले सबैभन्दा धेरै ३५ रन बनाए । अफगानिस्तानका कप्तान राशिद खान र नभीन उल हकले ३/३ विकेट लिए ।
यसअघि हरारेमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो । अफगानिस्तानका डरविश रसूलीले ५८ रन बनाए । जिम्बावेका ट्रेभर ग्वान्डु र रायल बर्लले २/२ विकेट लिए ।
यो जीतसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल जिम्बावेले ४ विकेटले जितेको थियो । शृङ्खलाको निर्णायक खेल आजै बेलुकी हुनेछ ।









Discussion about this post