काठमाडौँ – सरकारले १४ वर्ष मुनिका बालबालिकालाइ क्यान्सर भएमा उपचार निशुल्क गर्न थालेको छ।
सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा क्यान्सरको उपचार सेवा निःशुल्क गर्न थालेको छ भने अन्य अस्पतालहरुमा पनि गराउने मन्त्रालयले जनाएको छ। उपहार खबर बाट साभार