सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरकी सावित्री धामीको यात्रा विश्वकपमा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित होली फेम्ली माध्यामिक विद्यालयकी छात्रा सावित्री धामी विश्व क्रिकेट कप प्रतियोगिता खेल्ने भएकी छिन । होली फेम्ली माध्यामिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा सावित्रीले विश्व क्रिकेट कप प्रतियोगिता खेल्ने भएकी हुन ।

कार्तिक अन्तिम साता युएईमा सम्पन्न भएको  १९ वर्षमुनिको टि-२० विश्वकप एसिया छनौटमा यूएईलाई हराउँदै नेपाल महिला युवा टोली अब टी २० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएको हो ।

उक्त टोलीमा कञ्चनपुरको भीमदत्त नगरकी छोरी सावित्री पनि रहेकी छिन् । पहिलो संस्करणको विश्वकप खेलिसकेको घरेलु टिम युएईलाई आठ विकेटले हराउँदै रनरेटका आधारमा नेपाल महिला टिम पहिलो पहिलोपटक विश्वकपको यात्रा तय गरेको हो ।

होलीफेम्ली माध्यामिक विद्यालयका प्रिन्सिपल महादेव भट्ट अध्ययन र क्रिकेटमा पहिल्यैदेखि अब्बल रुचि राख्दै आएकी छात्रा सावित्रीको सफलताले विद्यालयको गौरव बढाएको बताए । ‘सावित्री सहभागि नेपाल महिला टिमको यो सफलतामा विद्यालय परिवार सहित सिङ्गो नेपाल हर्षित भएको छ, ‘उनले भने, ‘विश्व क्रिकेट कपको सफलताको पनि कामना गछौँ ।’

Mahakali Polytechnic

होली फेम्लीका सञ्चालक भुपाल सिह विष्ट पनि आफै क्रिकेटप्रेमी भएकाले विद्यालय क्रिकेट क्लब नै बनाएर नियमित प्रशिक्षण समेत भइरहेको प्रिन्सिपल भट्टले बताए । होली फेम्लीका थुप्रै विद्यार्थी क्रिकेटका अब्बल खेलाडी छन् ।

World Link Ads

नेपाल महिला टोलीको यो जितसँगै अब नेपालले आईसीसी १९ वर्षमुनीको महिला टी–२९ विश्वकप २०२५ खेल्नेछ । यू–१९ टी–२० विश्वकप आगामी वर्षको १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुँदैछ । गत बुधबारको खेलमा नेपालले युएईलाई आठ विकेटले हराएको थियो । एसिया छनोटमा नेपाल नेट रनरेटमा युएईलाई पछि पार्न सफल भएको हो । ६ खेलबाट दुवै टोलीको समान १० अङ्क रह्यो । नेपालको नेट रनरेट ३,९३ रहँदा युएईको ३,७७ रह्यो । यदि नेपाल खेलमा १६,२ ओभरमा विजयी नभएको भए युएईले लगातार विश्वकपमा स्थान बनाउने थियो । टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८४ रनको सामान्य लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १४,४ ओभरमा दुई विकेट गुमाउँदै जित पक्का र्गयो । 

Sana Kishan

नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक ३५ रन बनाएकी थिइन । उनले ४२ बलमा एक चौका प्रहार गरेकी थिइन् । त्यस्तै, कप्तान पूजा महतोले १८ बलमा चार चौकासहित २१ रन बनाउँदा सोनी पाख्रिन १३ रनमा अविजित रहिन । ओपनर सावित्री धामीले १२ रन जोडिन । नेपालले अतिरिक्त पाँच रन पाएको थियो । युएईकी मेहाक थाकुरले दुई विकेट लिइन  । यसअघि युएईका लागि कप्तान समाइरा धर्निधर्काले ४८ बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाएकी थिइन । रिनिथा रन्जिथले २०, ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका थिए । निर्णायक खेलमा नेपालका लागि कृष्मा गुरुङले सर्वाधिक चार विकेट लिइन । उनले चार ओभरमा १७ रन दिएकी हुन । रिया शर्मा र सीमा केसीले समान दुई विकेट लिएका थिए ।

रचनाकुमारी चौधरीको नाममा एक विकेट रह्यो । अब एकै समूहमा अस्ट्रेलिया र नेपाल रहेका छन । विश्वकपमा नेपालले समूह ‘डी’मा स्थान बनाएको छ । समूहमा बलियो अस्ट्रेलियासँगै बंगलादेश र स्कटल्यान्ड छन । पहिलो संस्करण सेमिफाइनलमा पुगेको अस्ट्रेलिया र नेपालबिचको खेल २२ जनवरीमा छ । त्यसअघि नेपालले पहिलो खेल १८ जनवरीमा बंगलादेशसँग खेल्ने तालिका छ ।पहिलो पटक नेपाली महिला टिम विश्वक्रिकेट कपमा छनौट भएपछि सिङ्गो नेपाली उत्साहित भएका छन । विश्व क्रिकेटकपको अग्रीम सुभकामना दिईरहेका छन् ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds