सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हरायो

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको हो ।

भारतले दिएको १ सय २५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ औँ ओभरमा ७ विकेट गुमाएर भेटायो । उसका ट्रिस्सन स्टब्सले सर्वाधिक ४७ रन बनाए ।

भारतका वरुण चक्रवर्तीले पाँच विकेट लिए । पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रन बनाएका थिए । दक्षिण अफ्रिकाका पाँच जना खेलाडीले एक/एक विकेट लिए ।

योसँगै चार खेलको शृङ्खला १–१ को बराबरीमा आएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds