सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

म्याद थपका लागि रविलाई आज अदालत लगिँदै

काठमाडौं ; सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आइतबार अदालत लगिँदै छ।

तेस्रोपटक थपिएको म्याद शनिबार सकिएसँगै आइतबार अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए। यसअघि शुरुमा ६, त्यसपछि ७ र तेस्रोपटक १० दिन म्याद थपिएको थियो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ। आइतबार म्याद थप भएमा उनलाई रूपन्देही लैजाने तयारी छ । रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी लक्ष्मी खनालले रविलाई रूपन्देही ल्याउन तयारी अवस्थामा रहेको बताए। ‘कास्की जिल्ला अदालतले म्याद थप गरेमा आइतबार नै रूपन्देही ल्याउन सकिन्छ’, थाहासञ्चार नेटवर्कसँग उनले भने।

रास्वापाले भने पार्टीकोे बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकले वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न पक्राउ गरेको निष्कर्ष निकालेको छ। संसदीय छानबिन समितिको प्रतिवेदनमा सहकारी प्रकरणमा संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको उल्लेख भए पनि सोही अभियोगमा पक्राउ गरिएको उसको भनाइ छ। पक्राउको वास्तविक उद्देश्य रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न खोजेको उसको आरोप छ।

Mahakali Polytechnic

रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनको घोषणा समेत गरेको छ । रविलाई अदालत उपस्थित गराइँदा रास्वपाका नेता कार्यकर्ताले पोखराको जिरो किलोमिटर घण्टी घरमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

World Link Ads

रविपक्षीय वकिलले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन् । थाहा खबर

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds