सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृष्णपुरको मल्टिपर्पोज योजना : ऐश्वर्य सामुदायिक वनमा बेलदेखि चिउरी फलफूल खेती

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनमा फलफूल खेती गरिएको छ । कृष्णपुर नगरपालिका १ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनमा फलफूल खेती गरिएको हो ।

स्थानीय सरकारले मल्टिपर्पोज उद्देश्यका साथ चुरेफेदमा रहेको ऐश्वर्य सामुदायिक वन क्षेत्रभित्र विभिन्न प्रजातिका फलफूल लगायतका बिरुवा रोपिएका छन् । कृष्णपुर स्थानीय सरकारले उक्त सामुदायिक वनको क्षेत्रभित्र बेलदेखि चिउरी खेती गरेको छ । 

कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले वन पर्यावरण संरक्षणका साथै स्थानीयलाई रोजगारीका कार्यक्रममा जोड्नका लागि सामुदायिक वनमा फलफूल खेतीको योजना ल्याएको बताए । मेयर ओझाले फलफूलका लागि सम्भावना रहेको उक्त सामुदायिक वनमा निःशुल्क बिरुवा वितरण गरिएको बताए । ‘हामीले वाणी सव डिभिजन वन कार्यालय मार्फत नर्सरी बनाएर उत्पादन गरेका फलफूलका बिरुवा ऐश्वर्य सामुदायिक वनलाई वितरण गरेका थियौँ, त्यतिमात्रै होइन्, वृक्षारोपणमा पनि सघाएका हौँ ।’ 

उक्त सामुदायिक वनमा २० हजार बेलका बिरुवा, २ हजार ५ सय चिउरी, ७ हजार दालचिनी, १० हजार कागती, अमलाका साथै नेपियर घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको मेयर ओझाले बताए । ‘नगरको दोमिल्ला उत्तरी चुरे भेग मह पकेट क्षेत्रका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो, ‘मेयर ओझाले भने, ‘हामीले त्यहाँ अहिले २५ सय बिरुवा रोपेका छौँ, भावी दिनमा मह र अन्य जनावरका लागि समेत आहारा उत्पादन हुनेछ ।’

Mahakali Polytechnic

दोमिल्ला क्षेत्र जङ्गली हात्ती प्रभावित भएकाले बेतबाँसबेल खेती गरिएको मेयर ओझाले बताए । ‘स्थानीयलाई भावी दिनमा स्वदेशमै रोजगारी उद्यमका लागि पनि बेल खेती महत्वपूर्ण छ, ‘बेलबाट जुस सहित उपभोगका लागि सहज उपलब्ध हुनेछ ।’ खानाका परिकारमा हाल्नका लागि दालचिनीका बिरुवा समेत रोपिएका छन् । कृष्णपुर नगरपालिका -०५ गुलरियाको हरियाली सामुदायिक वनमा समेत २० हजार बेदबाँसका बिरुवा रोपिएका छन । ५ मै रहेको आयुर्वेद अस्पतालका लागि तीर्थराज चुर्ण बनाउन र्हरो-र्बरो, अमलाको समेत समेत गरिएको बताए ।

World Link Ads

मेयर ओझाले कृष्णपुर नगरपालिकालाई फलफूलदेखि विभिन्न मौलिक जडिबुटी उत्पादन गरेर एकातिर पर्यावरण स्वच्छ राख्ने अर्कातिर स्थानीय आम्दानीका कार्यक्रममा जोड्ने उद्देश्य रहेको बताए । ऐश्वर्य सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीले पालिकाबाट निःशुल्क पाइएका बेल, कागती, अमला, बेदबाँस, चिउरी, दालचिनी, लगायतका बिरुवा झण्डै ६० हेक्टर जमिनमा उत्पादन गरिएको बताए । ‘हामीले झाडी सफाइ गरेर बिरुवा रोपेका छौँ, ‘उनले भने, ‘सबै बिरुवाको संरक्षण गर्दै भावी दिनमा पर्यावरणका साथै आम्दानी वृद्धिका कार्यक्रममा उपभोग गछौँ ।’ 

Sana Kishan

ऐश्वर्य सामुदायिक वनका अध्यक्ष इन्द्र बुढाले स्थानीय कृष्णपुर सरकारले आफ्नो सामुदायिक बनभित्र फलफूलका बिरुवा रोपेर वन संरक्षणका साथै उपभोक्ताको आम्दानीका लागि ल्याएको योजनाले स्थानीय लाभान्वित हुने बताए । 

‘वनभित्र लगाएको चिउरीले मौरीपालनदेखि जुस व्यवसायका लागि प्रत्यक्ष लाभ हुनेछ, ‘अध्यक्ष बुढाले भने, ‘पालिकाले ल्याएको योजनाले सामुदायिक वनबाट बहुपयोगी लाभ यसरी नै लिन सकिन्छ ।’ अध्यक्ष बुढाले पालिका सरकारले लगाएका बिरुवाको संरक्षण प्रर्बद्धन गर्ने बताए । कृष्णपुर स्थानीय सरकारले समेत पर्यावरण संरक्षणका साथै नगरबासी जनताको आर्यआर्जनका थप प्रभावकारी कार्यान्वयन ल्याउने प्रतिज्ञा गरेको छ ।

स्थानीय सरकारको उक्त योजनाप्रति स्थानीय नागरिक समेत खुसी देखिएका छन । स्थानीय रतनलाल धामीले स्थानीय सरकारले सामुदायिक वनमा ल्याएको फलफुलखेती योजनाले पर्यावरणदेखि व्यवसाय वृद्धिका कार्यक्रममा टेवा पुग्ने बताए । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds