Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृष्णपुरको मल्टिपर्पोज योजना : ऐश्वर्य सामुदायिक वनमा बेलदेखि चिउरी फलफूल खेती

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ आश्विन २०, आईतवार ०८:४१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनमा फलफूल खेती गरिएको छ । कृष्णपुर नगरपालिका १ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनमा फलफूल खेती गरिएको हो ।

स्थानीय सरकारले मल्टिपर्पोज उद्देश्यका साथ चुरेफेदमा रहेको ऐश्वर्य सामुदायिक वन क्षेत्रभित्र विभिन्न प्रजातिका फलफूल लगायतका बिरुवा रोपिएका छन् । कृष्णपुर स्थानीय सरकारले उक्त सामुदायिक वनको क्षेत्रभित्र बेलदेखि चिउरी खेती गरेको छ । 

कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले वन पर्यावरण संरक्षणका साथै स्थानीयलाई रोजगारीका कार्यक्रममा जोड्नका लागि सामुदायिक वनमा फलफूल खेतीको योजना ल्याएको बताए । मेयर ओझाले फलफूलका लागि सम्भावना रहेको उक्त सामुदायिक वनमा निःशुल्क बिरुवा वितरण गरिएको बताए । ‘हामीले वाणी सव डिभिजन वन कार्यालय मार्फत नर्सरी बनाएर उत्पादन गरेका फलफूलका बिरुवा ऐश्वर्य सामुदायिक वनलाई वितरण गरेका थियौँ, त्यतिमात्रै होइन्, वृक्षारोपणमा पनि सघाएका हौँ ।’ 

उक्त सामुदायिक वनमा २० हजार बेलका बिरुवा, २ हजार ५ सय चिउरी, ७ हजार दालचिनी, १० हजार कागती, अमलाका साथै नेपियर घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको मेयर ओझाले बताए । ‘नगरको दोमिल्ला उत्तरी चुरे भेग मह पकेट क्षेत्रका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो, ‘मेयर ओझाले भने, ‘हामीले त्यहाँ अहिले २५ सय बिरुवा रोपेका छौँ, भावी दिनमा मह र अन्य जनावरका लागि समेत आहारा उत्पादन हुनेछ ।’

दोमिल्ला क्षेत्र जङ्गली हात्ती प्रभावित भएकाले बेतबाँस र बेल खेती गरिएको मेयर ओझाले बताए । ‘स्थानीयलाई भावी दिनमा स्वदेशमै रोजगारी उद्यमका लागि पनि बेल खेती महत्वपूर्ण छ, ‘बेलबाट जुस सहित उपभोगका लागि सहज उपलब्ध हुनेछ ।’ खानाका परिकारमा हाल्नका लागि दालचिनीका बिरुवा समेत रोपिएका छन् । कृष्णपुर नगरपालिका -०५ गुलरियाको हरियाली सामुदायिक वनमा समेत २० हजार बेदबाँसका बिरुवा रोपिएका छन । ५ मै रहेको आयुर्वेद अस्पतालका लागि तीर्थराज चुर्ण बनाउन र्हरो-र्बरो, अमलाको समेत समेत गरिएको बताए ।

मेयर ओझाले कृष्णपुर नगरपालिकालाई फलफूलदेखि विभिन्न मौलिक जडिबुटी उत्पादन गरेर एकातिर पर्यावरण स्वच्छ राख्ने अर्कातिर स्थानीय आम्दानीका कार्यक्रममा जोड्ने उद्देश्य रहेको बताए । ऐश्वर्य सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीले पालिकाबाट निःशुल्क पाइएका बेल, कागती, अमला, बेदबाँस, चिउरी, दालचिनी, लगायतका बिरुवा झण्डै ६० हेक्टर जमिनमा उत्पादन गरिएको बताए । ‘हामीले झाडी सफाइ गरेर बिरुवा रोपेका छौँ, ‘उनले भने, ‘सबै बिरुवाको संरक्षण गर्दै भावी दिनमा पर्यावरणका साथै आम्दानी वृद्धिका कार्यक्रममा उपभोग गछौँ ।’ 

ऐश्वर्य सामुदायिक वनका अध्यक्ष इन्द्र बुढाले स्थानीय कृष्णपुर सरकारले आफ्नो सामुदायिक बनभित्र फलफूलका बिरुवा रोपेर वन संरक्षणका साथै उपभोक्ताको आम्दानीका लागि ल्याएको योजनाले स्थानीय लाभान्वित हुने बताए । 

‘वनभित्र लगाएको चिउरीले मौरीपालनदेखि जुस व्यवसायका लागि प्रत्यक्ष लाभ हुनेछ, ‘अध्यक्ष बुढाले भने, ‘पालिकाले ल्याएको योजनाले सामुदायिक वनबाट बहुपयोगी लाभ यसरी नै लिन सकिन्छ ।’ अध्यक्ष बुढाले पालिका सरकारले लगाएका बिरुवाको संरक्षण प्रर्बद्धन गर्ने बताए । कृष्णपुर स्थानीय सरकारले समेत पर्यावरण संरक्षणका साथै नगरबासी जनताको आर्यआर्जनका थप प्रभावकारी कार्यान्वयन ल्याउने प्रतिज्ञा गरेको छ ।

स्थानीय सरकारको उक्त योजनाप्रति स्थानीय नागरिक समेत खुसी देखिएका छन । स्थानीय रतनलाल धामीले स्थानीय सरकारले सामुदायिक वनमा ल्याएको फलफुलखेती योजनाले पर्यावरणदेखि व्यवसाय वृद्धिका कार्यक्रममा टेवा पुग्ने बताए । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कन्चनपुर

माध्यामिक विद्यालय गणित-विज्ञान प्रर्दशनी : विज्ञानमा महेन्द्रनगर नमुना मावि (साधारण स्कुल) प्रथम

२०८१ आश्विन २०, आईतवार ०८:४१
कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग
कन्चनपुर

कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग

२०८१ आश्विन २०, आईतवार ०८:४१
कञ्चनपुरको पुनर्वासमा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना
कन्चनपुर

कञ्चनपुरको पुनर्वासमा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना

२०८१ आश्विन २०, आईतवार ०८:४१

Discussion about this post

नयाँ प्रकाशित

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ आश्विन २०, आईतवार ०८:४१
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ आश्विन २०, आईतवार ०८:४१
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ आश्विन २०, आईतवार ०८:४१
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ आश्विन २०, आईतवार ०८:४१
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ आश्विन २०, आईतवार ०८:४१
आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८१ आश्विन २०, आईतवार ०८:४१

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व