सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तातोपानीले रक्तचाप बढाउँछ ?

जाडो मौसम आउनै लागेको छ । अबको केही हप्तामा तापक्रम घट्न थाल्नेछ । चिसो मौसममा धेरैजसो मानिस स्वस्थ रहन मनतातो पानी पिउन रुचाउँछन् । मनतातो पानीले हाम्रो घाँटीलाई राहत दिन्छ र जाडोमा पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ ।

धेरैजसो मानिसहरू जाडोको मौसममा तातै पानी पिउँछन् । तर, मनतातो वा तातो पानी पिउँदा रक्तचाप बढ्ने र त्यसो गर्दा उच्च रक्तचापका बिरामीलाई नोक्सान पुग्ने धेरैको विश्वास छ । के साँच्चै मनतातो पानी पिउनु खतरनाक छ ?

बदलिँदो मौसममा मनतातो पानी पिउँदा घाँटीले आराम पाउँछ । जाडोमा मानिसहरू चिसोको सट्टा तातो वा मनतातो पानी पिउन रुचाउँछन् । मनतातो पानीले शरीरलाई डिटक्सिफाई गर्न र पाचनलाई स्वस्थ राख्न मद्दत गर्छ ।

Mahakali Polytechnic

मनतातो पानी पिउनाले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । रुघाखोकी लागेका व्यक्तिले यस्तो पानी पिउनुपर्छ । यसले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । केही हानी गर्दैन । मनतातो पानी पिउँदा रक्तचापमा कुनै परिवर्तन नहुने डाक्टरहरू बताउँछन् ।

World Link Ads

उच्च रक्तचापका बिरामीले पनि मनतातो पानी पिउन सक्छन् । यसले उनीहरूलाई कुनै हानी हुँदैन । ध्यान दिनुपर्ने कुराचाहिँ के हो भने उच्च रक्तचापका बिरामीले हरेक मौसममा दैनिक पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

Sana Kishan

शरीरमा पर्याप्त मात्रामा पानी पुग्यो भने रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । मानिसहरूले आफ्नो सुविधाअनुसार मनतातो वा सादा पानी पिउन सक्छन् । उच्च रक्तचापका बिरामीले राम्रो आहार खानुपर्छ, पर्याप्त निद्रा लिनुपर्छ र चिकित्सकको सल्लाहअनुसार औषधि पनि सेवन गर्नुपर्छ ।

दैनिक रूपमा मनतातो पानी पिउँदा ग्यास र अपचको समस्या कम हुने धेरै अनुसन्धानले देखाएको छ । मनतातो पानी पिउनाले रगतको प्रवाहमा सुधार आउँछ, जसले मुटुको स्वास्थ्यलाई फाइदा गर्छ ।

मनतातो पानीले जाडो मौसममा हाम्रो मांसपेशीहरूलाई आराम दिन्छ र तनाव कम गर्न मद्दत गर्छ । मनतातो पानीको नियमित सेवनले समग्र स्वास्थ्यमा निकै फाइदा पुर्याउन सक्छ । रातोपाटी बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds