कञ्चनपुर – आज सेप्टेम्बर २७ अर्थात् ४५ औँ विश्व पर्यटन दिवस नेपालभरि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। त्यसैक्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ ले पनि विविध कार्यक्रम गर्दै विश्व पर्यटन दिवस मनाएको छ।
विश्व पर्यटन दिवस पर्यटन दिवसको अवसरमा पर्यटनमा वृद्धि गर्न महाकाली झोलुङ्गे पुलमा ठाउँ ठाउँमा नेपालको झण्डा राखिएको छ। साथै हात्ती दर्शन समेत गरिएको भीमदत्त नगरपालिका वडा नम्बर १३ का अध्यक्ष राम बहादुर बोहराले बताएका छन्। ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।
पर्यटनको वृद्धि गर्न विश्व पर्यटन दिवसको अवसरमा महाकाली झोलुङ्गे पुलमा उक्त कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष बोहराले बताएका छन्। उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सके पर्यटनमा वृद्धि हुने उनको भनाई रहेको छ।
उक्त कार्यक्रममा भीमदत्त १३ का अध्यक्ष राम बहादुर बोहराको सभापतित्वमा सम्पन्न गरिएको उक्त कार्यक्रममा भीमदत्त १६ का अध्यक्ष केशब बिष्ट प्रमुख अतिथि रहनु भएका थिए। कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी एवम् स्थानीयको सहभागिता रहेको थियो।
वडा अध्यक्ष बोहराले उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन विभिन्न कार्यक्रमहरू गर्दै आईरहेका छन्।