सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डेँगु नियन्त्रण सम्बन्धी अन्तरक्रिया र्‍याली

भोजराज पन्त, कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०९ मा बिहीबार डेँगु नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरि र्‍यालीको आयोजना गरिएको छ ।

सुन्दरपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा वडा स्तरमा डेँगु लगायतका किट जन्य रोग नियन्त्रणका लागी लामखुट्टेको बास स्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानका क्रममा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम गरी र्‍यालीको आयोजना गरिएको हो ।

Mahakali Polytechnic

र्‍याली सँगै घरघरमा गएर पानी जमेका भाँडाकुँडा , टायर, गमला लगायतको ठाउँमा पानी खाली गरेर जनचेतना मूलक कार्यक्रम गरिएको थियो । नेपालमा पहिलो पल्ट चितवनमा विदेशी नागरिकमा सन् २००४ देखिएको थियो । नेपालमा डेँगुको महामारी वडेपछि स्वास्थ्य मन्त्रालय अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेँगु नियन्त्रण तथा रोकथामका कार्यक्रम गदै आइरहेको छ ।

World Link Ads

Sana Kishan

अन्तरक्रिया कार्यक्रम तथा र्‍याली कार्यक्रममा वडाका जनप्रतिनिधि ,स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरू , स्वास्थ्यकर्मी स्वास्थ्य स्वयम्सेविका, विद्यार्थी, शिक्षक र शिक्षिकाको उपस्थिति रहेको सुन्दरपुर आधारभुत स्वास्थ्य सेवा केन्द्र का प्रमुख जनस्वास्थ्य निरीक्षक कृष्ण पालले जानकारी दिनु भयो ।

वेदकोट नगरपालिकाको स्वास्थ्य शाखाले डेँगु रोगको प्रकोप बढ्ने समय भएकाले नगरमा रहेका १० वटै स्वास्थ्य संस्थाहरूमा डेँगु तथा किट जन्य रोगहरू नियन्त्रणका विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds