सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

काठमाण्डौ – बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु घोषणा भएको छ । हिंसा नियन्त्रण गर्न सरकारले कर्फ्युको घोषणा गरेको हो ।

आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाको ज्यान गएको छ । तर ज्यान गुमाउनेको सङ्ख्या यो भन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।

बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूले आन्दोलन गर्दै आएका छन् ।

राजधानी ढाकालगायतका शहरमा ठूलो सङ्ख्यामा सुरक्षा बल तैनाथ गरिएको छ । हिजो नरसिङदीको कारागारमा आक्रमण हुँदा सयौँ कैदी बाहिरीएपछि प्रधानमन्त्रीको कार्यालयले देशव्यापी कर्फ्यूको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गर्ने तयारी छ ।

Mahakali Polytechnic

बङ्गलादेशका विद्यालय र विश्वविद्यालय अर्को सूचना नआउँदासम्मका लागि बन्द गरिएको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएको छ । उज्यालो अनलाइन बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.