सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनतातो पानीले साँच्चै घटाउँछ तौल ?

गएको केही वर्षयता सामाजिक सञ्जालहरूमा बिहान–बिहान खाली पेटमा मनतातो पानी पिउनुको फाइदाहरू निकै पढ्न र हेर्न पाइएको छ । खाली पेट मनतातो पानी खाँदाको अनेक फाइदा छन् । यसले पाचनलाई राम्रो बनाउँछ र इम्युनिटी पनि सुधारेर बिरामीबाट बचाउँछ भनेर भनिन्छ । यो छालाको लागि पनि फाइदाजनक छ । यसले वजन पनि घटाउँछ । मनतातो पानीले बोसो घटाउँछ भन्ने दाबी पनि सुनिन्छ । यो दाबीमा कत्तिको सत्यता छ त ?

उम्लिएको पानी खाएकै भरमा बोसो पग्लिँदैन । तर यस्तो पानीले शरीरलाई हाइड्रेट राख्छ अनि चिया कफी जस्ता क्यालोरीयुक्त पदार्थको तुलनामा तातो पानीको सेवनले समग्रमा तौल घटाउने लक्ष्यमा केही सहयोग भने पुर्‍याउँछ । तपाई सन्तुलित आहार खानु हुन्छ र नियमित रूपमा शारीरिक व्यायाम गर्नु हुन्छ भने मन तातो पानीको सेवनले तौल घटाउन थप मद्दत मिल्न सक्छ ।

तातो पानी पिउँदा शरीरमा भोजनमा रहेको फ्याटका अणुहरूलाई राम्ररी टुक्र्याउन मद्दत मिल्छ । जसका कारण शरीरलाई तौल घटाउने प्रक्रियामा सहयोग मिल्न सक्छ । पानी मुखै जल्ने भने हुनु हुन्न । शरीरले सहन सक्ने तापमानको हुनु पर्छ । त्यसैले मनतातो पानी पिउनु वेश हुन्छ ।

तातो वा मनतातो पानी पिउँदाका फाइदाहरू

Mahakali Polytechnic

यसले पाचनमा सुधार ल्याउँछ । पोषक तत्त्वको अवशोषण र मेटाबोलिजम बढाउँछ । सुख्खा छालाको लागि पनि तातो÷मनतातो पानी लाभकारी हुन्छ । यसले कब्जियतबाट राहत दिलाउन मद्दत गर्छ । राम्रो नतिजाका लागि बिहान उठ्ने बित्तिकै तातो/मनतातो पानी पिउनुहोस् । पानीको तापक्रम ५० डिग्री सेल्सियस आसपास भयो भने बेस हुन्छ । नुहाउनु अघि एक गिलास तातो पानी पिउँदा रक्तचाप कम गर्न मद्दत गर्छ ।

World Link Ads

तातो पानी रक्तचाप नियन्त्रणमा राख्न, छालाको चमक बढाउन पनि सहायक हुन्छ । यसले पाचनमा सघाउँछ भने शरीरमा विषालु तत्त्वहरूलाई बाहिर निकाल्न र मासिक श्रावसँग सम्बन्धित समस्याहरू कम गर्न पनि मद्दत गर्छ । यी सबै फाइदाहरू लिन कम्तीमा पनि दिनमा पाँच कप तातो/मनतातो पानी पिउन विज्ञहरू सल्लाह दिन्छन् । रातोपाटी बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.