सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई

नेपालसहित ६ वटा देशले आईसीसी डेभलपमेन्ट अर्वाड्स पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको हो ।

पछिल्लो वर्ष नेपाली क्रिकेट टिमका समर्थक उल्लेख्य रूपमा बढेका र फ्यानबेस फेसबुकलगायतका सामाजिक सञ्जालमा चार सय प्रतिशतभन्दा बढीको पहुँचमा पुगेको आईसीसीले जनाएको छ । यसअघि नेपालले यही विधामा एसिया क्षेत्रको अवार्ड जितेको थियो । घरेलु मैदानसहित विदेशमा भएका खेलमा नेपाली समर्थकको उपस्थितिले विश्वको ध्यान तानेको थियो ।

यस्तै ‘आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर’ अवार्ड मेक्सिको क्रिकेट एसोसिएशनले, ‘हन्ड्रेस पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसिएटिभ अफ द इयर’ अवार्ड ओमानले, ‘आईसीसी एसोसिएट मेम्बर मेन्स पर्फमेन्स अफ द इयर’ अवार्ड नेदरल्यान्ड्सले, ‘आईसीसी एसोसिएट मेम्बर वुमन्स पर्फमेन्स अफ द इयर’ अवार्ड यूएई र ‘क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर’ अवार्ड स्कटल्यान्डले जितेका छन् ।

एसोसिएट सदस्यले क्रिकेटको विकासका लागि गरेका प्रयासहरूलाई प्रोत्साहन गर्न आईसीसीले अवार्ड दिँदै आएको छ । उज्यालो अनलाइन बाट साभार

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.