सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिम्वावेसँगको टी–२० श्रृङखला भारतले एक खेल अगावै जित्यो

भारतले जिम्वावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जितेको छ । हरारेमा हिजो भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो ।

जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले १५ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाई भेट्टायो । उसका यशस्वी जैसवाल ५३ बलमा ९३ रन र शुभमन गिल ३९ बलमा ५८ रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्वावेले सात विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । उसका कप्तान सिकन्दर राजाले सर्वाधिक ४६ रन बनाए ।

भारतका खलिल अहमदले दुई तथा तुशार देशपाण्डे, वाशिंटन सुन्दर, अभिषेक शर्मा र शिवम दुबेले समान एक–एक विकेट लिए । श्रृङखलाको अन्तिम खेल आज बेलुका हुनेछ । भारत पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने उसले दोस्रो खेल एक सय र तेस्रो खेल २३ रनले जितेको थियो ।

Mahakali Polytechnic

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.